सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

जलसरोकार
सोमबार, असार २९, २०८३ | ११:०७:०६ बजे

 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आज असार २९ गते ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ जारी गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र आवेदन दिन सक्नेछन्। ऋणपत्रका लागि आज मध्याह्न ३ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। बोलकबोलबाट प्राप्त प्रस्तावका आधारमा ऋणपत्रको ब्याजदर निर्धारण गरिनेछ।

यो एक वर्षे अवधिको ऋणपत्र रहेको छ। ऋणपत्रको साँवा २०८४ असार २९ गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा वितरण गरिने राष्ट्र बैंकले जनाएको छ।

बोलपत्र पेस गर्दा न्यूनतम ५ करोड रुपैयाँ र सोभन्दा माथि ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त तरलता सोस्न तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नियमित रूपमा यस्ता वित्तीय उपकरणमार्फत रकम संकलन गर्दै आएको छ।

प्रकाशित मिति : सोमबार, असार २९, २०८३ | ११:०७:०६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया