राष्ट्र बैंकले फेरि ४५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
जलसरोकार
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न फेरि ४५ अर्ब रुपैयाँबराबरको एकवर्षे ऋणपत्र जारी गर्ने भएको छ।
केन्द्रीय बैंकले बुधबार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ जारी गर्न लागेको हो। उक्त ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र आवेदन दिन सक्नेछन्।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल प्रक्रिया आज दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सञ्चालन हुनेछ। बोलकबोलबाट प्राप्त प्रस्तावका आधारमा ऋणपत्रको ब्याजदर निर्धारण गरिनेछ।
एक वर्ष अवधि रहेको यस ऋणपत्रको साँवा २०८४ असार १७ गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ।
ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ। त्यसपछि ५ करोड रुपैयाँकै गुणकमा कुल आह्वान गरिएको रकमसम्म बोलपत्र पेश गर्न पाइने व्यवस्था छ।
राष्ट्र बैंकका अनुसार जारी हुने यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ।
बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेकाले त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पछिल्ला दिनमा नियमित रूपमा ऋणपत्रमार्फत बजारबाट तरलता प्रशोधन गर्दै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ