अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २० अर्बको ऋणपत्र जारी गर्दै
जलसरोकार
काठमाडौं : बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ च’ जारी गर्ने भएको छ।
केन्द्रीय बैंकका अनुसार उक्त एकवर्षे अवधिको ऋणपत्रका लागि आज बुधबार मध्याह्न ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। बोलकबोलबाट प्राप्त प्रस्तावका आधारमा ऋणपत्रको ब्याजदर निर्धारण गरिनेछ।
यस ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। न्यूनतम ५ करोड रुपैयाँ र सोभन्दा माथि ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेश गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
जारी हुने ऋणपत्रको साँवा भुक्तानी २०८४ असार २४ गते हुने छ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था छ।
राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रलाई नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ।
बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत बजारबाट रकम
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन