ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक
जलसरोकार
काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टिको स्तर मापन गर्न ‘ग्राहक सन्तुष्टि सर्वेक्षण–२०८३’ सञ्चालन गर्ने भएको छ। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै देशभरका ७७ वटै जिल्लामा सबै प्रकारका स्थानीय तह समेटिने गरी सर्वेक्षण सञ्चालन गरिने जनाएको हो।
राष्ट्र बैंकका अनुसार ‘र्याडम स्याम्पलिङ’ (Random Sampling) विधिबाट वडा छनोट गरी कुल १० हजार ४०५ नमूना सङ्कलन गरिनेछ। सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, सेवा गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवाप्रति ग्राहकको धारणा र अनुभव सङ्कलन गरिने जनाइएको छ।
राष्ट्र बैंकले सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षणलाई थप प्रभावकारी बनाउन तथा वित्तीय सेवाको गुणस्तर अभिवृद्धिसम्बन्धी नीति, कार्यक्रम र नियामकीय व्यवस्था सुधार गर्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
साथै, सर्वेक्षणलाई प्रभावकारी, विश्वसनीय र तथ्यमा आधारित बनाउन सम्बन्धित सबै सरोकारवाला निकाय तथा वित्तीय सेवाग्राहीलाई यथार्थ र निष्पक्ष जानकारी उपलब्ध गराई तथ्याङ्क सङ्कलन कार्यमा सहयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना