सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

प्राधिकरणमा कर्मचारी सरुवा, १० वर्षभन्दा बढी सहायक कम्पनीमा रहेका कर्मचारी फिर्ता बोलाइने

कर्मचारी व्यवस्थापनमा दक्षता र क्षमतालाई प्राथमिकता दिने नीति; विभिन्न आयोजना, निर्देशनालय र कार्यालयमा जिम्मेवारी हेरफेर

जलसरोकार
आइतबार, मंसिर ०६, २०८३ | १५:१५:०८ बजे

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विभिन्न आयोजना, विभाग, निर्देशनालय, कार्यालय तथा सहायक कम्पनीमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको छ। साथै, १० वर्षभन्दा बढी समय सहायक कम्पनीमा कार्यरत कर्मचारीलाई प्राधिकरणमा फिर्ता बोलाउने निर्णय गरेको छ।

प्राधिकरणले आवश्यकता अनुसार सक्षम र दक्ष कर्मचारीलाई क्रमशः व्यवस्थापन गर्ने नीति लिएको जनाएको छ। पछिल्लो सरुवाबाट उत्पादन, प्रसारण, वितरण, आयोजना विकास, प्रशासन तथा विभिन्न प्राविधिक इकाइमा कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ। सरुवा शुक्रबार गरिएको र त्यसको जानकारी सम्बन्धित कर्मचारीलाई भोलिपल्टै शनिबार गराइएको थियाे।

प्राधिकरण स्रोतअनुसार सजन श्रेष्ठलाई तामाकोशी, पूर्ण गोपाल रञ्जितलाई रघुगंगा जलविद्युत् आयोजना, सुरेश राउतलाई मर्स्याङ्दीबाट  फिर्ता, मनोज कुमार साहलाई स्मार्ट मिटरिङ्ग र कपिलदेव मानजनलाई मझौला उत्पादनमा खटाइएको छ।

त्यस्तै, वीरेन्द्र कुमार झालाई प्रसारण लाइन तथा सबस्टेशन, बाबुराज महर्जनलाई चिलिमेबाट उत्पादन निर्देशनालय, सुबिन आचार्यलाई तामाकोशी, अनिता बजगाईँलाई व्यवसाय विकास निर्देशनालयको प्रशासन शाखा र भरत खड्कालाई आयोजना व्यवस्थापन निर्देशनालयमा सरुवा गरिएको छ।

श्यामजी भण्डारीलाई तनहुँ हाइड्रोबाट अपर तामाकोशी, अर्पणबहादुर सिंहलाई साञ्जेनबाट चिलिमे जलविद्युत् केन्द्र, विनोद भण्डारीलाई उत्तरगंगा जलविद्युत् आयोजनाबाट रसुवागढी जलविद्युत् केन्द्र, माधवप्रसाद पौडेललाई दुहबी ग्रिड, उकेश श्रेष्ठलाई सान्जेन र रामचन्द्र पौडेललाई उत्तरगंगामा खटाइएको छ।

त्यसैगरी दीपक भुसाललाई हाइड्रोसेडोमेन्टोलोजी, सुरेशप्रसाद सिंह चौधरीलाई आयोजना विकास विभाग, सुमन श्रेष्ठलाई विद्युत् वितरण प्रणाली सुदृढीकरण कार्यक्रम, रमणि बजगाईँलाई भौगोलिक सूचना प्रणााली, शुशील पौडेललाई बालाजु वितरण केन्द्र र परितोष कुमार चौधरीलाई अनारमणी वितरण केन्द्रमा सरुवा गरिएको छ।

सूर्यनारायण श्रेष्ठलाई प्रयोगशाला सेवा महाशाखा, राजकुमार श्रेष्ठलाई सेडिमेन्टोलोजी, इन्द्रेश कापरलाई हेटौँडा डिभिजन, सुनिल श्रेष्ठलाई भौगर्भिक महाशाखा तथा नवीनचन्द्र पौडेल, प्रतिक्षा अधिकारी र यदुकिशोर श्रेष्ठलाई वितरण लाइन तथा सबस्टेशनमा जिम्मेवारी दिइएको छ।

सहायक कम्पनीबाट कर्मचारी फिर्ता बोलाउने नीति

प्राधिकरणले १० वर्षभन्दा बढी समय सहायक कम्पनीमा कार्यरत कर्मचारीलाई फिर्ता बोलाउने नीति पनि अघि सारेको छ। प्राधिकरणको जनशक्ति आवश्यकता, कर्मचारीको क्षमता र दक्षताका आधारमा क्रमशः व्यवस्थापन गरिने जनाइएको छ।

यो निर्णयले प्राधिकरणभित्र कर्मचारीको उपलब्धता, प्राविधिक जनशक्तिको उपयोग तथा संस्थागत आवश्यकताअनुसार जिम्मेवारी पुनर्वितरण गर्ने प्रयासलाई संकेत गर्छ। लामो समय सहायक कम्पनीमा रहेका कर्मचारीलाई मूल संस्थामा फर्काउने निर्णयले प्राधिकरणका विभिन्न आयोजना तथा कार्यालयमा जनशक्ति व्यवस्थापनमा प्रभाव पार्न सक्नेछ।

प्रकाशित मिति : आइतबार, मंसिर ०६, २०८३ | १५:१५:०८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया