नेपाल विद्युत् प्राधिकरणले रद्द गर्यो एक अर्बभन्दा बढीको ठेक्का
अब ग्राहकका घरमा जाने बिजुलीका तार नांगाका नांगै


काठमाडौं : नगद प्रवाहमा कमी भएको देखाउँदै नेपाल विद्युत् प्राधिकरणले एकपछि अर्काे टेण्डर रद्द गर्न थालेको छ ।
टेण्डर बुझाउने म्याद सकिएपछि प्राधिकरणले हिजो शुक्रबार एक अर्ब रुपैयाँभन्दा बढीको वितरण लाइनलाई सुरक्षित बनाउने (एमभीसीसी) र एलभी एबीसी) सम्बन्धी टेण्डर रद्द गरेको हो ।
देशैभर करिब ३ हजार ३ सय किलोमिटर नांगो तार (कण्डक्टर) लाई ढाकिएको तार (कभर्ड कण्डक्टर) मा रुपान्तरण गर्ने आयोजनाको टेण्डर रद्द गरिएको हो ।
विद्युतीय दुर्घटना रोक्ने, रुख र हाँगाबिंगा नकाटी ग्राहकका घरसम्म लाइन लैजाने, हरियाली जोगाउने, विद्युतीय चुहावट घटाउने उद्देश्यले प्राधिकरणले विगत केही वर्षयता नांगो तारलाई ढाकिएको तारमा रुपान्तरण गर्दै ल्याएको थियाो । यो अभियान देशैभर सञ्चालित थियो ।
यसै प्रयोजनका लागि प्राधिकरणले गत फागुन ११ गते टेण्डर खोली गत १३ चैतसम्मको अन्तिम म्याद दिएको थियो । गत चैत ११ गते सरकारले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि यो टेण्डर रद्द गरिएको हो ।

प्राधिकरणले कोसी, मधेश, लुम्बिनी, कर्णाली, सुदूर पश्चिम, बागमती र गण्डकी प्रदेशका लागि मिडियम भोल्टेज कभर्ड कण्डक्टर (एमभीसीसी) र कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिमका लागि ‘लो भोल्टेज एरियल बन्चेड् केबल’ (एलभी एबीसी) को टेण्डर गरेको थियो ।
प्राधिकरणको एक प्रदेश प्रमुखका अनुसार विद्युत प्रणाली बलियो बनाउन, फल्ट कम गर्न, जनताको जीउज्यान सुरक्षित तुल्याउन नांगो तारको साटो स्ुरक्षित केवल जडान गर्ने अभियान देशैभर सञ्चालन गर्दै आएको थियो ।
साविकको नांगो तारभन्दा खर्चमा डेढ गुना बढी लागे पनि यसले रुख र यसका हाँगाबिंगा काट्नु नपर्ने, हावाहुरीमा आपसमा तार जुधेर बत्ती जाने समस्या नहुने, विद्युतीय दुर्घटना कम गराउने र प्राधिकरणको प्राविधिक चुहावट कम गर्ने भएकाले प्राधिकरणले यसलाई उच्च प्राथमिकतामा राखेको थियो ।
एमभीसीसी ११ केभी (११ हजार भोल्ट) को तार र एलभी एबीसी ४०० भोल्टेजका लागि गरिन्छ ।
प्राधिकरणको जिन्सी व्यवस्थापन महाशाखाका प्रमुख प्रज्ज्वल खड्काले प्राधिकरणको नगद प्रवाहमा कमी आएका कारण ६ वटा उक्त टेण्डर रद्द गरिएको बताए । यसको अनुमानित लागत एक अर्ब रुपैयाँभन्दा बढी छ ।
प्राधिकरणले गत सातामात्र विद्युतीय सवारी साधन चार्ज गर्ने नयाँ चार्जिङ स्टेशन खोल्नका लागि आवश्यक ट्रान्सफर्मर उपलब्ध गराउने र लाइन विस्तार गर्ने कार्य स्थगित गरेको थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
तीन दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार कारोबार रकम पनि बढ्यो
-
खोलामा पर्याप्त पानी हुन थालेसँगै लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
Reinvigorating the Bagmati River-What is Bagmati
-
२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’
-
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच