विद्युत् व्यापारबाट नेपाललाई २९ अर्बभन्दा बढी आम्दानी, निर्यातमा झण्डै ६३ प्रतिशत वृद्धि
जलसरोकार
काठमाडौं : आर्थिक वर्ष २०८२/०८३ मा नेपालले विद्युत् व्यापारबाट ऐतिहासिक उपलब्धि हासिल गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी भएको छ।
प्राधिकरणका अनुसार भारतीय खुला बजार तथा बंगलादेशसँगको विद्युत् व्यापारमार्फत ३ अर्ब ८७ करोड ७४ लाख युनिट विद्युत् औसत प्रतियुनिट ७ रुपैयाँ ५६ पैसाको दरमा बिक्री गरिएको हो।
अघिल्लो आर्थिक वर्षको तुलनामा विद्युत् निर्यात परिमाण ६२.८९ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/०८२ मा नेपालले २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो।
विद्युत् निर्यातमा उल्लेखनीय वृद्धि हुनुका साथै आयातमा आएको कमीका कारण नेपालको ऊर्जा क्षेत्रमा सकारात्मक सुधार देखिएको प्राधिकरणले जनाएको छ। बढ्दो उत्पादन क्षमता, सीमापार विद्युत् व्यापारको विस्तार तथा क्षेत्रीय ऊर्जा बजारमा नेपालको पहुँच बलियो बन्दै जाँदा विद्युत् क्षेत्र राष्ट्रिय अर्थतन्त्रका लागि महत्वपूर्ण आम्दानीको स्रोतका रूपमा स्थापित हुँदै गएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत् तार छोएर दुवै हात गुमाएका बालकलाई प्राधिकरणले १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति दिने
-
विद्युत् व्यापारबाट नेपाललाई २९ अर्बभन्दा बढी आम्दानी, निर्यातमा झण्डै ६३ प्रतिशत वृद्धि
-
सुन प्रतितोला ३०० र चाँदी २५ रुपैयाँले बढ्यो
-
पहिरो र बाढीले देशका विभिन्न सडक अवरुद्ध, केही राजमार्गमा रात्रीकालीन सवारी सञ्चालन रोक
-
आरसिओडी थपका लागि २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
-
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान