सुन प्रतितोला ३०० र चाँदी २५ रुपैयाँले बढ्यो
जलसरोकार
काठमाडौं : नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर दुई लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ।
बुधबार सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला केही दिनयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ भने बुधबार यसको मूल्य प्रतितोला चार हजार ४८० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनमा सुन र चाँदी दुवैको मूल्य लगातार बढ्दो क्रममा रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै