सुनकोसीको बेलीब्रिज मर्मतमा नेपाली सेना जुट्यो
जलसरोकार
मन्थली : रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटस्थित सुनकोसी नदीमाथिको बेलीब्रिज नेपाली सेनाले मर्मत गर्न सुरु गरेको छ । पुलमा प्रयोग गरिएका नटबोल्टहरू खुस्किएपछि जोखिम बढेको भन्दै सेनाको प्राविधिक टोली खटिएको हो ।
गत कात्तिकमा जडान गरिएको यो अस्थायी बेलीब्रिज असोज १२ गतेको बाढीले मूल पुलको आधा भाग बगाएपछि वैकल्पिक आवागमनका लागि निर्माण गरिएको थियो । सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र नेपाली सेनाको समन्वयमा छोटो समयमै जडान गरिएको उक्त पुल हाल यात्रु र मालवाहक सवारीको प्रमुख मार्ग बनेको छ ।
यात्रायातको चाप दिनानुदिन बढेसँगै बेलीब्रिजमा हलचल बढेको, पाताहरू लच्किन थालेका र नटबोल्टहरू खुस्किएर संरचना खुकुलो हुन थालेको पाइएको छ । अधिकतम १५ टन तौलका सवारीमात्र सञ्चालन गर्न सकिने भनिए पनि त्यसभन्दा भारी सवारी साधनसमेत नियमितरूपमा सञ्चालन भइरहेकाले पुलको संरचनामाथि थप दबाब परेको छ ।
पुलको मर्मतका लागि महोत्तरीको बर्दिबासस्थित नेपाली सेनाको प्राविधिक टोली बिहीबारदेखि खटिएको हो । मर्मत कार्यले पुलको स्थायित्वमा सुधार ल्याउने र यात्रु तथा सवारी सुरक्षामा सहजता दिने अपेक्षा गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार मर्मत कार्य दुई दिनभित्र सम्पन्न गरिनेछ ।
स्थानीय तह, प्रशासन र प्राविधिक निकायको समन्वयमा बेलीब्रिजको सुरक्षा र दिगोपनामा थप ध्यान दिनुपर्ने देखिएको छ। बेलीब्रिजको विकल्पमा स्थायी संरचना निर्माणतर्फ ध्यान नदिइए भोलिका दिनमा जोखिम अझ बढ्न सक्ने स्थानीयवासीको चिन्ता छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ