विद्युत बक्यौता १५ दिन भित्र नतिरे प्राधिकरण नियमानुसार अघि बढ्छ : कुलमान
जलसरोकार
काठमाडौं, : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता १५ दिनमा नतिरे प्राधिकरण नियमानुसार अघि बढ्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलनमा घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौताको सन्दर्भमा सरकारको निर्णयअनुसार अब १५ दिन पर्खिने बताएका छन् ।
मन्त्रिपरिषद् बैठकले उद्योगहरूमा काटिएको बिजुली जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्देशनअनुसार आफूहरूले कार्यान्वयन थालेको उनको भनाई छ ।
उनले यो समस्या अब सदाका लागि अन्त्य हुनुपर्ने बताएका छन् । प्राधिकरण सरकार र नियामक निकायको निर्णय र निर्देशन मान्ने भएकाले अहिले उद्योगहरूमा बिजुली जोड्न थालिएको उनको भनाइ छ ।
उद्योगहरूले बक्यौता तिर्नेतिर भन्दा पनि झन् विवादित बनाउने र राजनीतिकरण गर्ने काम गरिरहेको घिसिङको जिकिर छ । ‘यसअघि पनि ३ पटक लाइन काट्दै जोड्दै भइरहेको छ, उनले भने, अब १५ दिनमा बक्यौता नतिरे प्राधिकरण नियमानुसार अघि बढ्छ’, ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती
-
काबेली-३ जलविद्युत आयोजना अन्तिम चरणमा, चैतको सुरुवातमै विद्युत उत्पादनको लक्ष्य
-
सेयर बजार २६ सयभन्दा तल झर्यो, कारोबार रकम भने केही बढ्यो
-
काम अलपत्र पारे ठेक्का रद्द गरिने : मन्त्री घिसिङ
-
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
-
हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?