जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

विद्युत् प्राधिकरणले सरकारको १ खर्ब र नियमन आयोगको ५६ करोड तिर्न बाँकी

जलसरोकार
सोमबार, जेठ १४, २०८१ | १२:५२:३१ बजे

 

काठमाडौं–नेपाल विद्युत् प्राधिकरणले मात्रै सरकारको १ खर्बभन्दा बढी ऋण तिर्न बाँकी रहेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ ।

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा प्राधिकरणले नेपाल सरकारको सावाँ तथा ब्याज समेत १ खर्ब ६ अर्ब ५७ करोड ५० लाख बक्यौता रहेको उल्लेख छ । अर्थ मन्त्रालय र मातहातका निकायले ४ खर्ब १५ अर्ब ३ करोड २ लाख राजस्व तथा भाखा नाघेको ऋणको सावाँ ब्याज असुल गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै प्राधिकरणले विद्युत् बिक्रीबाट आयको ०.३ प्रतिशत आर्थिक वर्ष २०७८/७९ मा २६ करोड १४ लाख ६४ हजार र २०७९/८० मा ३० करोड १० लाख ३७ समेत विद्युत् नियमन आयोगलाई नतिरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।  विद्युत नियमन आयोग ऐन, २०७४ अनुसार आयोगले जलविद्युत वितरण अनुमति प्राप्त व्यक्ति वा संस्थाको बिक्रीबाट प्राप्त आयको ०.३ प्रतिशत नियमन आयोगमा बुझाउनु पर्ने उल्लेख छ । 

सरकारले सार्वजनिक संस्थान, समिति, बोर्ड, कोष र स्थानीय तहमा गरेको ऋण लगानीको भाखा नाघेको साँवा ६२ अर्ब ७० करोड ९ लाख र उक्त सावाँको असुल हुन नसकेको ब्याज ९३ अर्ब ४७ करोड ४५ लाख पुगेको छ ।

 

प्रकाशित मिति : सोमबार, जेठ १४, २०८१ | १२:५२:३१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया