सुर्खेतमा नबिल बैैंकको निःशुल्क स्वास्थ्य शिविर : राउटे परिवारका १३७ जनाको स्वास्थ्य परीक्षण
जलसरोकार
सुर्खेत : नबिल बैंक लिमिटेडले राउटे समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल) को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
स्वास्थ्य शिविरमा ४८ राउटे परिवारका १३७ जनाको स्वास्थ्य परीक्षण गरिएको बैंकले जनाएको छ । जसमध्ये ५९ जना महिला र ७८ जना पुरुष रहेका थिए ।
यो शिविर कार्यक्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतका सर्जन डा. सुजन सापकोटाको नेतृत्वमा चार विशेषज्ञ चिकित्सकको टोलीले राउटे समुदायमा मौसमी रुघाखोकी, निमोनिया, छाला रोग, ग्यास्ट्रिक, तथा महिलाहरूमा पाठेघर र ढाड दुखाइका समस्या परीक्षण गरी औषधि वितरण गरिएको बैंकले जनाएको छ । जुका, भिटामिन, र आइरन चक्की जस्ता औषधिहरू पनि वितरण गरिएको बैंकको भनाइ छ ।
राउटे समुदायमा पोषणको कमी, अस्वस्थ जीवनशैली र सरसफाइको अभावका कारण विभिन्न रोगहरू देखा पर्ने समस्या रहेको कारण स्वास्थ्य शिविर यो समुदायलाई केन्द्रित गरी सञ्चालन गरिएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए ।
स्वास्थ्य शिविरमा राउटे समुदायका मुखिया तथा अन्य स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना