नबिल बैंकले कमायो पहिलो ६ महिनामै ३ अर्ब २४ करोड नाफा
जलसरोकार
काठमाडौं,: नबिल बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षको सोही अवधिमा भने ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको नबिलले यो वर्ष त्यसमा सिमान्त वृद्धि गरेको हो । बैंकको खुद ब्याज आम्दानीमा गिरावट आए पनि कमिसन तथा शुल्क आम्दानी बढेपछि नाफामा सामान्य वृद्धि भएको हो ।
गत आव पहिलो ६ महिनामा बैंकको ब्याज आम्दानी ८ अर्ब २४ करोड रुपैयाँ रहेकोमा यस वर्ष त्यो ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाखमा अडेको छ ।
बैंकको खुद शुल्क तथा कमिसन आम्दानी गत वर्ष १ अर्ब ४८ करोड ४३ लाख बाट १.८२ प्रतिशत बढेर १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। बैंकको ईपीएस २३ रुपैयाँ ७४ पैसा बढेर २४ रुपैयाँ ०५ पैसा पुगेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना