नबिल बैंकले कमायो पहिलो ६ महिनामै ३ अर्ब २४ करोड नाफा
जलसरोकार
काठमाडौं,: नबिल बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षको सोही अवधिमा भने ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको नबिलले यो वर्ष त्यसमा सिमान्त वृद्धि गरेको हो । बैंकको खुद ब्याज आम्दानीमा गिरावट आए पनि कमिसन तथा शुल्क आम्दानी बढेपछि नाफामा सामान्य वृद्धि भएको हो ।
गत आव पहिलो ६ महिनामा बैंकको ब्याज आम्दानी ८ अर्ब २४ करोड रुपैयाँ रहेकोमा यस वर्ष त्यो ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाखमा अडेको छ ।
बैंकको खुद शुल्क तथा कमिसन आम्दानी गत वर्ष १ अर्ब ४८ करोड ४३ लाख बाट १.८२ प्रतिशत बढेर १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। बैंकको ईपीएस २३ रुपैयाँ ७४ पैसा बढेर २४ रुपैयाँ ०५ पैसा पुगेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा