चालु नौ महिनामा नबिल बैंकले कमायो सबैभन्दा धेरै नाफा
जलसरोकार
काठमाडाैँ : २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक विवरण अनुसार नबिल बैंकले सबैभन्दा धेरै खुद नाफा कमाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा उक्त बैंकको नाफा ८.२१ प्रतिशतले वृद्धि भएसँगै नाफा ५ अर्ब ५ करोडे १४ लाख छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंक कर्जा बढेपनि खुद ब्याज आम्दानी भने घटेको छ । खुद शुल्क तथा कमिसन आम्दानी र नेट ट्रेडिङ आम्दानीमा वृद्धि भएपनि खुद ब्याज आम्दानी घट्दा बैंकको कुल सञ्चालन आमदानी घटेको छ । तर, बैंकको निष्कृय बढेपनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएको रकम घटेको छ । जसले बैंकको नाफा बढेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य