कोरलानाका सञ्चालनमा आएपछि मुस्ताङ भन्सारको राजस्व उकालो, पौने ६ अर्ब संकलन
जलसरोकार
मुस्ताङ : नेपाल–चीन सीमास्थित कोरलानाका सञ्चालनमा आएपछि मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा उल्लेखनीय राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार चैत ७ गतेसम्म रु पाँच अर्ब ७१ करोड १० लाख राजस्व संकलन भएको छ।
गत भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको नाकाबाट सो अवधिमा रु १२ अर्ब १७ करोड बराबरको मालवस्तु आयात भएको छ भने रु २० करोड ३० लाख बराबरको वस्तु चीनतर्फ निर्यात भएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए ।
उनका अनुसार हालसम्म कोरलानाकाबाट दुई हजार ३४७ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् भने एक हजार ८०४ वटा मालवाहक कन्टेनरको जाँचपास सम्पन्न गरिएको छ।
गत असार–साउनमा पहिरोका कारण रसुवागढी नाका र तातोपानी नाका बन्द भएपछि कोरलानाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको थियो। त्यसपछि भन्सार विभाग ले यस नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याएको हो।
अघिल्ला वर्षहरूमा वार्षिक रु १०–१५ लाख मात्र राजस्व उठ्ने गरेको मुस्ताङ भन्सारले यस वर्ष भने उल्लेखनीय प्रगति गर्दै अर्बौं राजस्व संकलन गर्न सफल भएको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो