माउन्ट एभरेष्ट पावरको आईपीओ बैशाख १७ देखि खुल्ने
जलसरोकार
काठमाडौँ : माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले बैशाख १७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुलाउने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर २५ करोड ८० लाख रुपैयाँको २५ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसअन्तर्गत ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
जसमध्ये सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का अति प्रभावित बासिन्दाका लागि ३ लाख ४४ हजार कित्ता तथा अन्य वडाका बासिन्दाका लागि ५ लाख १६ हजार कित्ता शेयर बाँडफाँट गरिनेछ।
यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ छिटोमा बैशाख ३१ गते र ढिलोमा जेठ १८ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बैशाख २३ गतेसम्म छिटो र बैशाख ३१ गतेसम्म ढिलो आवेदन दिन सकिनेछ।
कम्पनीले सञ्चालन गरिरहेको १२ मेगावाटको दुधकुण्ड खोला जलविद्युत आयोजनाको कुल लागत करिब २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत करिब १९ करोड ७४ लाख रुपैयाँ रहेको जनाइएको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ६.४० वर्ष तथा डिस्काउन्ट गरिएको फिर्ता अवधि ८.९४ वर्ष रहेको छ।
रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ दिएको छ, जसले मध्यम जोखिम जनाउँछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। आवेदनका लागि लगानीकर्ताले आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा मेरो शेयर प्रयोग गर्न सक्नेछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य