माउन्ट एभरेष्ट पावरको आईपीओ बिक्री बन्द, मागभन्दा बढी आवेदन
जलसरोकार
काठमाडौं : माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको साधारण शेयर (आईपीओ) को बिक्री बन्द गरेको छ ।
कम्पनीले सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओमा मागभन्दा बढी आवेदन परेपछि बिहीबार बैंकिङ समयपछि आवेदन संकलन बन्द गरिएको जनाएको हो ।
कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो । यसमध्ये ४० प्रतिशत शेयर अति प्रभावित क्षेत्र सोलुदूधकुण्ड नगरपालिका वडा नं. १ र २ का बासिन्दाका लागि तथा बाँकी ६० प्रतिशत अन्य प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको थियो ।
स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको थियो ।
कम्पनीका अनुसार बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडमार्फत आवेदन संकलन गरिएको थियो । आवेदन फाराम विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखाबाट उपलब्ध गराइएको थियो ।
कम्पनीले सोलुखुम्बुको दूधकुण्ड खोलामा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल लागत करिब २ अर्ब ६६ करोड रुपैयाँ रहेको उल्लेख गरिएको छ ।
वित्तीय विवरणअनुसार कम्पनीको प्रति शेयर नेटवर्थ १०० रुपैयाँभन्दा माथि रहेको छ भने क्रेडिट रेटिङ संस्थाबाट ‘CARE-NP BB+ (Issuer)’ रेटिङ प्राप्त गरेको छ ।
कम्पनीले स्थानीयबासीलाई वितरण गरिएको शेयर तीन वर्षसम्म बिक्री वा हस्तान्तरण गर्न नपाइने व्यवस्था समेत गरिएको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य