सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार नबिल बैंक
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट, सोलुखुम्बुका स्थानीयले शेयर

जलसरोकार
बिहीबार, जेठ २१, २०८३ | ०९:३३:३५ बजे

 

काठमाडौं : माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँट सम्पन्न गरेको छ।

कम्पनीको जारी पुँजी ८६ करोड रुपैयाँ रहेको छ। उक्त पुँजीको ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ। यसमध्ये १० प्रतिशत अर्थात् ८ लाख ६० हजार कित्ता शेयर सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो। बाँकी २० प्रतिशत अर्थात् १७ लाख २० हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरिनेछ। सर्वसाधारणतर्फ निष्काशन हुने शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।

आईपीओमा ११ हजार ८०९ वटा योग्य आवेदनमार्फत ३ लाख ४१ हजार ८० कित्ता शेयर माग भएको थियो। यद्यपि ६१ वटा आवेदनबाट माग गरिएको १६ हजार ६१० कित्ता शेयरका आवेदन अयोग्य ठहरिएका थिए।

बाँडफाँट विवरणअनुसार अति प्रभावित क्षेत्रअन्तर्गत १० देखि १५० कित्तासम्म आवेदन दिने ५३३ जना आवेदकलाई मागबमोजिम कुल ५४ हजार ५८० कित्ता शेयर बाँडफाँट गरिएको छ। त्यस्तै, १६० देखि ३ हजार कित्तासम्म आवेदन दिने १ हजार ९१० जनालाई जनही १५० कित्ताका दरले कुल २ लाख ८६ हजार ५०० कित्ता शेयर प्रदान गरिएको छ। सोही समूहका थप २९२ जना आवेदकले जनही १० कित्ता शेयर प्राप्त गरेका छन्।

यस्तै, प्रभावित क्षेत्रअन्तर्गत १० देखि ६० कित्तासम्म आवेदन दिने ५ हजार ७३ जनालाई मागबमोजिम कुल २ लाख ४० हजार ६५० कित्ता शेयर बाँडफाँट गरिएको छ। ७० देखि २ हजार कित्तासम्म आवेदन दिने ४ हजार २९३ जनालाई जनही ६० कित्ताका दरले कुल २ लाख ५७ हजार ५८० कित्ता शेयर प्रदान गरिएको छ। प्रभावित समूहका थप १ हजार ७७७ जनाले जनही १० कित्ता शेयर प्राप्त गरेका छन्।

कम्पनीको सार्वजनिक निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनआईएमबी क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित स्थानीयका लागि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।

क्रेडिट रेटिङ संस्था केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको दीर्घकालीन बैंकिङ सुविधातर्फको ‘केयर–एनपी बीबी प्लस’ रेटिङलाई पुनः पुष्टि गरेको छ, जसले मध्यम स्तरको कर्जा जोखिम जनाउँछ। साथै, अल्पकालीन बैंकिङ सुविधाका लागि ‘केयर–एनपी ए–फोर प्लस’ रेटिङ प्रदान गरिएको छ।

वि.सं. २०७१ कात्तिक ३० गते स्थापना भएको माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सोलुखुम्बु जिल्लामा १२ मेगावाट क्षमताको दूधकुण्ड खोला जलविद्युत् आयोजना निर्माण गरी २०८१ साउन १६ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको छ। उक्त आयोजना निर्माण–स्वामित्व–सञ्चालन–हस्तान्तरण (बुट) मोडलमा विकास गरिएको हो।

 

प्रकाशित मिति : बिहीबार, जेठ २१, २०८३ | ०९:३३:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया