माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट सम्पन्न, १ लाख ४२ हजार ७६० जनाले पाए १० कित्ता
जलसरोकार
काठमाडाैं : माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको सर्वसाधारणका लागि निष्काशित प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) शुक्रबार बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट सम्पन्न भएको हो।
कम्पनीले गत असार ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। यसबाट कम्पनीले १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको पूँजी संकलन गरेको हो।
आईपीओमा २८ लाख ६२ हजार ९०९ जनाले कुल ३ करोड ६ लाख ५५ हजार ४३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये २८ लाख १५ हजार ६७९ वटा आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन्।
मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा (लक्की ड्र) मार्फत शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ। बाँडफाँटअनुसार १ लाख ४२ हजार ७६० जना आवेदकले न्यूनतम १० कित्ताका दरले कम्पनीको आईपीओ प्राप्त गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना