११ महिनामा २१ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रियो
जलसरोकार
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० करोड बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी प्रतिवेदनअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह अघिल्लो वर्षको तुलनामा ३८ दशमलव २ प्रतिशतले वृद्धि भएको हो।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै रु दुई खर्ब तीन अर्ब ८९ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। गत आर्थिक वर्षको सोही महिनामा भने रु एक खर्ब ७६ अर्ब ३२ करोड विप्रेषण प्राप्त भएको थियो।
अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा विप्रेषण आप्रवाह २९ दशमलव ६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धि दर १२ दशमलव ८ प्रतिशत रहेको थियो।
राष्ट्र बैंकले विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिले विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन तथा मुलुकको बाह्य क्षेत्र सन्तुलन कायम राख्न महत्वपूर्ण योगदान पुर्याएको जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना