देशभर ३२ हजारभन्दा बढी सहकारी, १० खर्बभन्दा बढी बचत परिचालन
जलसरोकार
काठमाडौं : अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार देशभर सहकारी संस्थाको संख्या ३२ हजार ३२५ पुगेको छ।
फागुन मसान्तसम्मको तथ्यांक अनुसार सहकारी क्षेत्रमा करिब रु १० खर्ब २९ अर्ब ५७ करोड बचत परिचालन भएको छ भने ८२ हजार २१६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
सहकारी क्षेत्रको तथ्यांक व्यवस्थापनका लागि विकास गरिएको सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) मा हालसम्म १९ हजार ९०३ सहकारी आबद्ध भएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१ असार मसान्तसम्म यो संख्या १८ हजार ८९७ रहेको थियो, जसअनुसार कोपोमिसमा आबद्ध सहकारीको संख्या बढ्दै गएको देखिन्छ।
नियमनका हिसाबले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालसम्म ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको छ।
त्यस्तै, संघीय सरकारले समस्याग्रस्त घोषणा गरेका २३ सहकारीमध्ये ३ वटा सहकारीको राफसाफ भइसकेको छ भने बाँकी २० सहकारीको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी प्रक्रिया अझै जारी रहेको छ।
सर्वेक्षणअनुसार हालसम्म विभिन्न चरणमा कुल ८० हजार ८७ दाबीकर्ताबाट रु ४७ अर्ब ६० करोड १३ लाख बराबरको माग दाबी दर्ता भएको छ।
त्यसमध्ये ३ हजार ६८८ दाबीकर्तालाई पूर्ण रूपमा रु २ अर्ब ५४ करोड ६८ लाख भुक्तानी गरिएको छ भने चालु आर्थिक वर्षको फागुनसम्म ८ हजार ७६३ दाबीकर्तालाई थप रु १२ करोड २३ लाख फिर्ता गरिएको उल्लेख छ।
सहकारी क्षेत्रमा ठूलो रकम परिचालन भए पनि समस्या समाधान, दायित्व व्यवस्थापन र नियमन प्रणाली अझै चुनौतीपूर्ण रहेको तथ्यांकले देखाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने
-
निर्माणाधीन प्रसारणलाइन र सबस्टेशनका लागि ७० अर्ब विनियोजन
-
निर्माण सुरु नगरेका जलविद्युत आयोजनाको पीपीए खारेज गरिने, नयाँ ‘टेक एण्ड पे’ प्रणाली लागू हुने
-
ठूला सिँचाइ पूर्वाधार निर्माण आगामी वर्षभित्र सम्पन्न गर्ने सरकारको घोषणा