नुवाकोटको किस्पाङमा २०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपालमा प्रवेश
जलसरोकार
काठमाडौं : नुवाकोटको किस्पाङ गाउँपालिका - नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा तथा राष्ट्रिय स्वतन्त्र पार्टी लगायत विभिन्न राजनीतिक दल परित्याग गरी २०० भन्दा बढी नेता तथा कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्ने प्रमुख व्यक्तित्वहरूमा ट्रेड युनियन नेपाली काँग्रेसका केन्द्रीय सदस्य मेघ बहादुर तामाङ, नेपाली काँग्रेसका श्याम तामाङ तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी पुष्पा तामाङलगायत रहेका छन्।
उज्यालो नेपाल पार्टीले आयोजना गरेको विशेष कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले नवप्रवेशीहरूलाई टीका, माला तथा खादा लगाएर औपचारिक स्वागत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेघ बहादुर तामाङले देशमा सुशासन, पारदर्शिता र विकासको स्पष्ट दृष्टिकोणसहितको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै कुलमान घिसिङजस्तो दृढ र परिणाममुखी नेतृत्वको आवश्यकता महसुस गरी आफूहरू उज्यालो नेपाल पार्टीमा आवद्ध भएको बताए । उनले किस्पाङ गाउँपालिकामा अब उज्यालो नेपाल पार्टीलाई बलियो शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष घिसिङले नवप्रवेशी नेता-कार्यकर्तालाई धन्यवाद दिँदै पार्टीले ऊर्जा, सुशासन, रोजगारी र समृद्धिका एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । उनले स्थानीय तहदेखि संघसम्म सकारात्मक परिवर्तनका लागि सबै एकजुट भएर लाग्न आह्वान गरे ।
कार्यक्रममा स्थानीय नेता-कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। किस्पाङ गाउँपालिकामा पछिल्लो समय उज्यालो नेपाल पार्टीप्रति आकर्षण बढ्दै गएको देखिन्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?