आज सार्वजनिक हुँदै मौद्रिक नीति
जलसरोकार
काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ। मौद्रिक नीतिलाई अन्तिम रूप दिन राष्ट्र बैंकको सञ्चालक समितिको बैठक जारी रहेको छ।
यस वर्षको मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने, कर्जा विस्तारलाई प्रोत्साहन गर्ने तथा निजी क्षेत्रको लगानी बढाउने उपायमा विशेष प्राथमिकता दिने अपेक्षा गरिएको छ।
राष्ट्र बैंक स्रोतका अनुसार यसपटक मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थासम्बन्धी नयाँ नियामकीय प्रावधानहरू समावेश गरिने सम्भावना कम छ। आवश्यक नियामकीय संशोधनहरू भने एकीकृत निर्देशन तथा अन्य नियामकीय व्यवस्थामार्फत क्रमशः ल्याइने तयारी गरिएको छ।
सरकारले सार्वजनिक गरिसकेको बजेटसँग समन्वय हुने गरी तयार पारिएको मौद्रिक नीतिमा बैंकिङ प्रणालीमा रहेको अधिक तरलताको व्यवस्थापन, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह विस्तार, ब्याजदरलाई थप सहज बनाउने, साना तथा मझौला उद्यमलाई सहजीकरण गर्ने तथा निजी क्षेत्रको मनोबल बढाउने विषयलाई प्राथमिकतामा राखिने अपेक्षा गरिएको छ।
पछिल्लो समय कर्जा विस्तार सुस्त हुनु, लगानी वातावरण कमजोर रहनु तथा आर्थिक गतिविधिमा अपेक्षित सुधार नआएको सन्दर्भमा राष्ट्र बैंकले लचकदार र बजारमुखी नीति ल्याउन सक्ने अनुमान गरिएको छ।
आज सार्वजनिक हुने मौद्रिक नीतिले बैंकिङ क्षेत्र, पुँजी बजार, उद्योग–व्यवसाय तथा समग्र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यसको पर्खाइमा वित्तीय क्षेत्रका सरोकारवाला रहेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना