मौद्रिक नीति समीक्षा : विद्युतीय गाडीको कर्जामा कडाइ, अब ६० प्रतिशत मात्रै फाइनान्स सुविधा
जलसरोकार
काठमाडौं : नेपाल राष्ट्र बैंकले विद्युतीय सवारीसाधनको कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत यस्तो कडाइ गरेको हो ।
‘व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (लोन टू भ्यालू रेसियो) को सीमालाई ६० प्रतिशत कायम गरिनेछ’, मौद्रिक नीति समीक्षाको नीतिगत व्यवस्थामा उल्लेख छ ।
यसअघि विद्युतीय सवारीसाधनको ऋण मूल्य अनुपात ८० प्रतिशत थियो । नयाँ व्यवस्था अनुसार अब विद्युतीय सवारीमा ६० प्रतिशत मात्रै कर्जा पाइने भएको छ भने बाँकी ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने भएको छ ।
इन्धनबाट चल्ने व्यक्तिगत सवारीमा भने यस्तो सुविधा बढाइएको छ । यसअघि पेट्रोल तथा डिजेलबाट चल्ने व्यक्तिगत सवारीसाधनको ऋण मूल्य अनुपात ५० प्रतिशत रहेकोमा अहिले ६० प्रतिशत पु¥याइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव