मौद्रिक नीति समीक्षा : विद्युतीय गाडीको कर्जामा कडाइ, अब ६० प्रतिशत मात्रै फाइनान्स सुविधा
जलसरोकार
काठमाडौं : नेपाल राष्ट्र बैंकले विद्युतीय सवारीसाधनको कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत यस्तो कडाइ गरेको हो ।
‘व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (लोन टू भ्यालू रेसियो) को सीमालाई ६० प्रतिशत कायम गरिनेछ’, मौद्रिक नीति समीक्षाको नीतिगत व्यवस्थामा उल्लेख छ ।
यसअघि विद्युतीय सवारीसाधनको ऋण मूल्य अनुपात ८० प्रतिशत थियो । नयाँ व्यवस्था अनुसार अब विद्युतीय सवारीमा ६० प्रतिशत मात्रै कर्जा पाइने भएको छ भने बाँकी ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने भएको छ ।
इन्धनबाट चल्ने व्यक्तिगत सवारीमा भने यस्तो सुविधा बढाइएको छ । यसअघि पेट्रोल तथा डिजेलबाट चल्ने व्यक्तिगत सवारीसाधनको ऋण मूल्य अनुपात ५० प्रतिशत रहेकोमा अहिले ६० प्रतिशत पु¥याइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो