बैंकिङ क्षेत्रलाई कमजोर बनाउन सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइयो, ध्यान नदिन अनुरोध
जलसरोकार
काठमाडौं: नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको नेपालको बैंक तथा वित्तीय क्षेत्रलाई कमजोर बनाउने उद्देश्य सहित सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको तीन संगठनले बताएका छन् ।
शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले यस्तो बताएका हुन् ।
बैंकिङ क्षेत्र नेपाल राष्ट्र बैंकको सूक्ष्म निगरानी र नीति÷नियमका अधिनमा रहेर प्रत्येक त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने गरेको उनीहरूले बताएका छन् ।
यसले नेपालको बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरीवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको विज्ञप्तिमा उल्लेख छ ।
‘नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थामा जोखिम बहन गर्ने क्षमता भएको र आजका दिनमा यी संस्था सुरक्षित रहेको बेहोरा स्पष्ट पार्दछौं,’ विज्ञप्तिमा छ ।
यस क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधि भइरहेको र सामाजिक सञ्जालमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाको नाम प्रयोग गरी प्रेषित केही भ्रामक र गलत अभिव्यक्तिप्रति यी संस्थाले ध्यानाकर्षण गराएका छन् ।
सबै बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपकर्ताको रकम पूर्णरूपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको ‘निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् सुरक्षण गरिएको समेत स्मरण गराइएको छ ।
सामाजिक सञ्जालमा देखिने गलत तथा भ्रामक टिप्पणीमा कुनै ध्यान नदिन र सम्बन्धित सरोकारवाला निकायले सम्प्रेषण गरेको सूचना÷समाचार मात्र आधिकारिक रूपमा लिनसमेत विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना