मन्त्री घिसिङद्वारा कान्ति राजमार्गको स्थलगत निरीक्षण
जलसरोकार
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार कान्ति राजमार्गको स्थलगत निरीक्षण गरेका छन् ।
गत वर्ष असोजमा आएको भीषण बाढी-पहिरोले धेरै खण्डहरूमा गम्भीर क्षति पुर्याएपछि सुरु गरिएको पुनर्निर्माण कार्य ढिलो गतिमा अघि बढ्दै आएको छ। यही अवस्थाको वास्तविक प्रगति बुझ्न मन्त्री आफैँ स्थलमा पुगेका हुन्।
निरीक्षणका क्रममा मन्त्री घिसिङले सडकका भत्किएका संरचना, जोखिमयुक्त ढलान, अस्थायी रूपमा चलाइएका यातायात व्यवस्थाहरू र निर्माणका अवरोधहरूबारे प्राविधिक तथा स्थानीय सरोकारवालासँग प्रत्यक्ष रूपमा जानकारी लिए उनले कतिपय स्थानमा आवश्यक संयन्त्र, जनशक्ति र सामग्री अभावका कारण काम सुस्त भएको निष्कर्ष स्थानीय निकायबाट जानकारी लिए ।
कान्ति राजमार्ग काठमाडौँ उपत्यकालाई जोड्ने महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा रहेको छ । भौगोलिक रूपले अति संवेदनशील स्थानमा पर्ने भएकाले, प्रत्येक वर्ष बाढीपहिरोको ठूलो जोखिम यो मार्गसँग जोडिन्छ।
गत वर्षको असोजमा परेको अविरल वर्षाले सडकका पुल, पर्खाल, ढलान संरचना र धेरै स्थानमा क्षति पुर्याएको थियो ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु