मन्त्री घिसिङद्वारा गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण
जलसरोकार
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आज बिहान गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले केन्द्रको वर्तमान अवस्था, क्षमता र प्रशोधन प्रक्रियाबारे सम्बन्धित प्राविधिक टोलीसँग जानकारी लिनुभएको मन्त्रालयले जनाएको छ।
गुह्येश्वरी ढल प्रशोधन केन्द्रबाट गोकर्ण, बौद्ध र चाबहिल क्षेत्रका ढलको प्रशोधन गरिन्छ। उक्त केन्द्रको क्षमता दैनिक ३ करोड २४ लाख लिटर रहेको बताइएको छ। प्रशोधन सम्पन्न भएको पानी बागमती नदीमा मिसाइने व्यवस्था छ।
मन्त्री घिसिङले बागमती सफाइ अभियानलाई प्रभावकारी बनाउन ढल प्रशोधन केन्द्रहरूको क्षमता वृद्धि र प्राविधिक दक्षता अझ सुदृढ गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
उनले नियमित अनुगमन र आवश्यक सुधारमार्फत काठमाडौं उपत्यकाको ढल व्यवस्थापनलाई आधुनिक बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको पनि बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै