सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

मन्त्री घिसिङद्वारा गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण

जलसरोकार
शनिबार, कात्तिक २९, २०८२ | ०९:०५:१८ बजे

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले आज बिहान गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा मन्त्री घिसिङले केन्द्रको वर्तमान अवस्था, क्षमता र प्रशोधन प्रक्रियाबारे सम्बन्धित प्राविधिक टोलीसँग जानकारी लिनुभएको मन्त्रालयले जनाएको छ।

गुह्येश्वरी ढल प्रशोधन केन्द्रबाट गोकर्ण, बौद्ध र चाबहिल क्षेत्रका ढलको प्रशोधन गरिन्छ। उक्त केन्द्रको क्षमता दैनिक ३ करोड २४ लाख लिटर रहेको बताइएको छ। प्रशोधन सम्पन्न भएको पानी बागमती नदीमा मिसाइने व्यवस्था छ।

मन्त्री घिसिङले बागमती सफाइ अभियानलाई प्रभावकारी बनाउन ढल प्रशोधन केन्द्रहरूको क्षमता वृद्धि र प्राविधिक दक्षता अझ सुदृढ गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले नियमित अनुगमन र आवश्यक सुधारमार्फत काठमाडौं उपत्यकाको ढल व्यवस्थापनलाई आधुनिक बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको पनि बताए ।

 

प्रकाशित मिति : शनिबार, कात्तिक २९, २०८२ | ०९:०५:१८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया