मेलम्ची खानेपानी आपूर्ति बन्द
जलसरोकार
काठमाडाैं : मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पस्दा पानी अत्यधिक धमिलो बनेपछि काठमाडौँ उपत्यकामा मेलम्चीबाट भइरहेको खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानमा आएको बाढीका कारण पानीको गुणस्तर प्रभावित भएकाले प्रशोधन प्रक्रिया जटिल बनेको छ। त्यसैले मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी प्रवाह अस्थायी रूपमा रोकिएको उनले जानकारी दिए ।
उनका अनुसार पानीको गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार काठमाडौँ उपत्यकामा पानी आपूर्ति सुरु गरिनेछ।
प्रवक्ता चन्दले निरन्तर वर्षा भइरहेमा मुहानको पानी सफा हुन समय लाग्ने भएकाले खानेपानी आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्न सक्ने बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से १२ अंक घटेर २५८७ मा झर्यो, कारोबार रकम पनि घट्यो
-
जलविद्युत् बीमा क्षतिपूर्ति दिने माध्यम मात्र होइन, जोखिम घटाउने प्रणाली बन्नुपर्छ : रजौरिया
-
चार्जर प्लगमै छोड्दा विद्युत् खपतको ५ देखि २० प्रतिशतसम्म अनावश्यक रूपमा बिजुली खेर जान्छ : मन्त्री श्रेष्ठ
-
बैंकिङ प्रणालीको अधिक तरलता खिच्दै राष्ट्र बैंक, १८ अर्बको निक्षेप संकलन उपकरण निष्कासन
-
प्रसारण लाइनका अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ आयोजना यसै वर्ष पूरा हुने
-
बाढीले रेलेखोला जलविद्युत् आयोजना बन्द, बाँधमा क्षति र पहुँचमार्ग अवरुद्ध