तराईमा पिउने पानी र सिँचाइको व्यवस्था गराउन सांसदहरुको माग
जलसरोकार
काठमाडौँ – तराई–मधेश क्षेत्रमा पिउने पानी तथा सिँचाइको अभावका कारण जनता प्रभावित भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले मधेसका जनतालाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।
उनले चुरेको दोहन रोकेर संरक्षण गर्न, मधेसका जलाशयको संरक्षण गर्न तथा अन्न भण्डारको क्षेत्र रहेको मधेसमा सिँचाइको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिन् । सांसद् जगप्रसाद शर्माले विनियोजित बजेट खर्च नहुने प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गर्दै समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद तारामान स्वाँरले सुदूरपश्चिमको विकास र अर्थतन्त्रको मेदरुदण्डमा रहेका सेती र महाकाली लोकमार्ग निर्माणलाई तीव्र बनाउन तथा आगामी आर्थिक वर्षको लागि बजेटको सुनिश्चितता गराउन माग गरे । सांसद भगवती न्यौपानेले भानुभक्तको जन्मस्थललाई पर्यटकीय स्थलका रुपमा विकास गर्न आग्रह गरिन ।
सांसद बिमला घिमिरेले मिटरव्याज पीडित तथा किसानका माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद सुमित्रा विसीले जाजरकोटका भूकम्पपीडित पालभित्र बस्न बाध्य रहेको उल्लेख गर्दै तत्काल आवास पुनःनिर्माणको प्रक्रिया अघि बढाउन सुझाव दिइन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्यको दाबीमाथि उठ्ने प्रश्न : ओलीकालीन ५२ नियुक्तिको नजिर कहाँ पुग्छ?
-
साताको दोस्रो कारोबार दिन नेप्से ३६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
कोरलाबाट २० दिनमै साढे दुई अर्बकाे राजस्व सङ्कलन
-
नागरिक लगानी कोषको लगानी पारदर्शी र प्रतिफलमुखी बनाउछाैँ : अर्थमन्त्री वाग्ले
-
बाढी उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जलविद्युत्को आईपीओमा २ प्रतिशत हिस्सा
-
ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने