जुम्ला : डेढ बर्ष पहिले जुम्लाको हिमा गाउँपलिमामा हप्ता दिनसम्म अविरल बर्षा भयो । बर्षापछि आएको बाढीले जुम्लाको हिमा गाउँपालिका–७ बागबजार गाउँको खानेपानी मुहानै बगायो । मुहान बगाएपछि खानेपानीको हाहाकार भएको बागबजारमा अहिले घरघरमै धारा पुगेपछि स्थानीय दंग भएका छन् ।
गाउँमा धारा थिएनन् । भएकै मुहान पनि बाढीले बगाएपछि गाउँमा खानेपानीको चरम अभाव थियो । ६१ वर्षीय मुनकोइला शाहीले बाढीले मुहान बगाइसकेपछि नदीकै दूषित पानी खान बाध्य भएको बताउनुभयो । ‘अहिले घरघरै धारा पुगेपछि पानीको सुविस्ता भयो । नदीको पानी पिउनुपर्ने बाध्यता हट्यो ।
प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा प्रेस नेपाल जुम्लाद्वारा सञ्चालित जलवायु उत्थान खानेपानी सरसफाइ र स्वच्छता कार्यक्रम मार्फत बागबजार खानेपानी योजना निर्माण भएपछि खानेपानीको सहज भएको हो । योजना अन्तर्गत बागबजारका २२ घरधुरीमा एक घर एक धारा निर्माण गरिएको छ । जसबाट १५० जना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् भने राराताल आउने पर्यटक समेत लाभान्वित भएका छन् ।
कुल १० लाख लगानीमा बागबजार खानेपानी योजना निर्माण भएको पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानले बताउनुभयो । उहाँका अनुसार पेस नेपालबाट ६ लाख १४ हजार, हिमा गाउँपालिकाबाट ७३ हजार र समुदायको श्रमदान तीन लाख गरी कुल १० लाख लगानीमा खानेपानी योजना निर्माण गरिएको हो।
योजना सम्पन्न भएपछि नाग्म–गमगडी सडक भएर राराताल जाने पर्यटकलाई समेत सहज भएको छ । स्थानीय शर्मिला शाहीले बाढीले मुहान बगाए पछि कष्ट सहनु परे पनि अहिले घरघरै शुद्ध खानेपानीको धारा पुग्दा खुसी भएको बताउनुभयो । ‘गत असोजको बाढीले पानीको मुहानसंँगै हाम्रो खुसी पनि बगाएको थियो । हामीसँग नदीको दूषित पानी पिउनुको विकल्प थिएन । अहिले आँगनमै धारा बनेका छन् । बाढीले बगाएका खुसी फर्किएको अनुभूति हुन्छ ।’ उहाँले भन्नुभयो ।
खोलाको पानी खाँदै आएका स्थानीयको घर घरमा २४सै घण्टा पानी आइरहेको हिमा गाउँपालिका–७ नम्बर वडाध्यक्ष विक्रमबहादुर शाहीले बताउनुभयो। डेढ वर्ष खानेपानी अभाव झेलेको गाउँलेले बल्ल मुक्ति पाएको उहाँको भनाइ थियो । बाढीले मुहान बगाएपछि खानेपानी अभाव भोगेका स्थानीयलाई अहिले खान सरसफाइ गर्न, बारीमा सिँचाइ गर्न समेत सहज भएको वडाध्यक्ष शाहीले बताउनुभयो ।@WASHKHABAR
काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकरको तहमा
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका सिइओको शपथ
भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
कुलमानको रीट हेर्दाहेर्दैमा, ‘मन्त्रिपरिषद्लाई बर्खास्त गर्ने अधिकार छैन’
लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी : अर्थमन्त्री पौडेल