महासंघका अध्यक्ष ढकाल र चिनियाँ मन्चीबीच भेटवार्ता
प्रविधि र नवप्रर्वतनमा सहकार्यका लागि अध्यक्ष ढकालको आग्रह
जलसरोकार
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री वाङ शीसँग भेटवार्ता गएको छ ।
चीनको ग्वाङ्दोङ प्रान्तीय पार्टी समितिका स्थायी समिति सदस्य समेत रहेका सिसंग महासंघ सचिवालय टेकुमा शुक्रबार भेटवार्ता भएको हो । भेटका अवसरमा दुवे देशको आर्थिक तथा कुटनतिक सम्बन्ध,व्यापार लगान ितथा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।
सो अवसरमा महासंघका अध्यक्ष ढकालले नेपाल र चीनबीच लामो र विश्वासिलो सम्बन्ध रहेको चर्चा गर्दै प्रविधि र नवप्रर्वतनका क्षेत्रमा सहकार्यका लागि आग्रह गरे । पर्यटन, पूर्वाधार, ऊर्जाजस्ता क्षेत्रमा चीनको सहयोगले नेपालको विकासमा महत्वपूर्ण टेवा पुगेको उल्लेख गर्दै अध्यक्ष ढकालले व्यापार तथा लगानीका क्षेत्रमा नेपाल र ग्वाङ्दोङबीच सहकार्यको सम्भावना रहेको बताए । ‘ग्वाङ्दोङसंग व्यापार तथा लगानीको सम्भावना साथै विज्ञान र प्रविधिको क्षेत्रमा भएको अनुभव, र अहिले अन्तर्राष्ट्रिय तथा आन्तरिक साझेदारीहरू निर्माणमा देखाइएको सक्रियताले नेपाल र गुआङ्दोङबीच नयाँ सहकार्यका ढोका खोल्नेछ,’ अध्यक्ष ढकालले भने ।
नेपालकोे निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघले व्यवसाय गर्न सहज वातावरण निर्माण गर्न गरेको पहलकाबारे जानकारी दिँदै अध्यक्ष ढकालले महासंघको सक्रियतामा सरकारले हालै ३० भन्दा बढी कानुन संशोधन तथा परिमार्जन गरेको जानकारी दिए । नेपाल र चीनबीच द्विपक्षीय लगानी सम्झौताको आवश्यकतामा जोड दिँदै ढकालले भने, ‘यस्तो सम्झौताले कानुनी र संस्थागत संरचनालाई बलियो बनाउनेछ र चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रेरित गर्नेछ ।’
ऊर्जा, निर्माण, सूचना प्रविधि, पर्यटन, र कृषि प्रशोधनजस्ता क्षेत्रमा नेपालमा लगानीका राम्रो अवसरहरू रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले ग्वाङ्दोङ सरकारसँग ती क्षेत्रका सम्भावित लगानीकर्ता र संघसंस्थासँग जोडिन सहयोग गर्न आग्रह गरे । उनले संयुक्त उद्यम, व्यापार भ्रमण र ज्ञान आदानप्रदान कार्यक्रमहरूमा सहकार्य गर्न महासंघ तयार रहको बताए ।
सो अवसरमा बोल्दै ग्वाङ्दोङ प्रान्तीय पार्टी समितिका स्थायी समिति सदस्य तथा युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री वाङ शीले नेपाल चीनबीच लामो आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहको चर्चा गर्दै नेपालको आर्थिक विकासमा चीन सधैं सकारात्मक रहेको बताए ।
उनले चीनले प्रविधि तथा नवप्रर्वतनको क्षेत्रमा गरेको सफलतालाई नेपालको विकासमा साझेदारी गर्न आफुहरु तयार रहेको बताए । चीनले प्रविधि तथा नवप्रर्वधनका क्षेत्रमा धेरै काम गरेको छ । ‘हाम्रो यो अनुभवबाट नेपालले पनि धेरै गर्न सक्छ । त्यो सहकार्यका लागि हामी तयार छौं,’ उनले भने ।
मन्त्री वाङ शीले नेपालको खाद्य प्रशोधन,कृषि तथा पर्यटनमा सहकार्य गर्न सकिने बताउँदै नेपाल-ग्वाङ्दोङ आर्थिक सहकार्यको लागि आफूले पहल गर्ने जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
२२ अर्ब बढीको संस्थापक सेयर सूचीकृत गरिदिन इप्पानको माग
-
नेप्से ७४.७३ अंकले घट्यो, कारोबार रकम १२ अर्ब नाघ्यो
-
ऊर्जा मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन, कार्यसम्पादन अनुगमन गरिने
-
साहस ऊर्जालाई सतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युत् नियमन आयोगको पूर्वस्वीकृति
-
तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाका कामदार आन्दोलन, काम ठप्प
-
महाकाली सिँचाइ आयोजना : नहर निर्माण पूरा, पानी प्रवाह अझै अन्योलमा