मेची भन्सारले दुई महिनामा उठायो पौने तीन अर्ब राजस्व
जलसरोकार
झापा : मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौमा कुल रु तीन अर्ब सात करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । सो अवधिमा लक्ष्यको ९२.१४ प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार साउनमा रु एक अर्ब ४३ करोड ५० लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु एक अर्ब २७ करोड ९८ लाख ३७ हजार सङ्कलन भएको थियो । साउनमा लक्ष्यको ८९.१९ प्रतिशत राजस्व सङ्कलन भएको हो ।
भदौमा भने राजस्व सङ्कलनमा सुधार आएको छ । उक्त महिनामा रु एक अर्ब ६४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार सङ्कलन भएको छ । यो भदौको लक्ष्यको ९४.७३ प्रतिशत हो ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को भदौको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजस्व सङ्कलन ९.४३ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको भदौमा कार्यालयले रु एक अर्ब ३६ करोड ४४ लाख ३९ हजार राजस्व सङ्कलन गरेको थियो ।
प्रमुख भन्सार अधिकृत न्यौपानेले सीमापार व्यापारमा आएको क्रमिक सुधार तथा भन्सार प्रशासनमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लिट्मसले नेपाली बजारमा भित्र्यायो दुई नयाँ कन्डक्टर प्रविधि
-
हिउँदमा आफ्नै उत्पादन १,२१८ मेगावाट, भारतबाट १,१५५ मेगावाट ल्याउने प्राधिकरणको योजना
-
नेप्से १६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
बाढीपहिरोले ४८३ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरियो
-
मुस्ताङमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध
-
विद्युत्मा लगाइएको भ्याट तत्काल हटाउन उद्योग वाणिज्य महासंघको माग