उत्पादित विद्युत्को बजार सुनिश्चित छ, ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्नुहोस् : ऊर्जा मन्त्री
जलसरोकार
काठमाडौँ,: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले गरिब तथा विपन्न वर्गलाई ऊर्जाको विकासमार्फत समृद्धिको यात्रामा जोड्ने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालको २५ औँ रजत जयन्तीको उद्घाटन सत्रमा आज सम्बोधन गर्दै ऊर्जा मन्त्री खड्काले जलविद्युत केन्द्रको शेयर विना धितो प्रभावित क्षेत्रका गरिब तथा विपन्न वर्गलाई दिने प्रबन्ध सरकारले मिलाउन लागेको बताएका हुन् ।
“अहिले हुनेखाने वर्गले मात्र जलविद्युत केन्द्रमा शेयर हालिरहेको अवस्था छ, सरकारले प्रभावित क्षेत्रका विपन्न वर्गलाई लक्षित गरी विना धितो शेयरको व्यवस्था गर्न लागेको हो,”– मन्त्री खड्काले भने,। मन्त्री खड्काले उत्पादित विद्युतको बजार सुनिश्चित रहेकाले ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।
उनले अहिले दुई ठूला राजनीतिक दल मिलेर बलियो सरकार बनेकाले यो सरकारलाई अल्मलिएर बस्ने छुट नभएको उल्लेख गरे । मन्त्री खड्काले हिजोको दिनमा जलविद्युत क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा धेरै समय लाग्ने गरेपनि अहिले अधिकाशं जलविद्युत केन्द्रमा मोटरबाटोको पहुँच पुगेकाले काम गर्न थप सहज भएको बताए ।
उनले भर्खरै मन्त्रीपरिषद्ले ऊर्जा विकास मार्गचित्र-२०८१ संसदबाट पारित गरिसकेकाले उक्त मार्गचित्रको कार्यान्वयनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे । निजी क्षेत्रको समस्या सरकारले राम्रोसँग बुझेको मन्त्री खड्काको भनाई थियो ।
मन्त्री खड्काले ऊर्जा उत्पादनका क्रममा देखिएका नितीगत समस्या समाधान गर्दै सरकार अगाडि बढ्नेसमेत स्पष्ट पारे । उनले यसअघि ऊर्जा उत्पादनको जिम्मामात्र निजी क्षेत्रलाई दिएको भएपनि हाल प्रसारण लाईनसमेत निजी क्षेत्रले बनाउन पाउने व्यवस्था गरिएको बताए । विद्युत्कझ आन्तरिक खपतलाई सरकारले पहिलो प्राथमिकतामा राखेको मन्त्री खड्काको भनाई थियो ।
इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्बाट भर्खरै स्वीकृत भएको ऊर्जा विकास मार्गचित्र २०८१ नेपालको ऊर्जा क्षेत्रको विकासका लागि ऐतिहासिक भएको उल्लेख गरे । ऊर्जा क्षेत्रको विकासमा देखिने समस्यालाई सरकारले समाधान गरिदिएको खण्डमा सरकारले राखेको लक्ष्य पुरा गर्न केही कठिनाई नहुने अध्यक्ष कार्कीको भनाई थियो ।
उक्त रजत जयन्ती समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा