संसदमा माओवादीको प्रश्न : ऊर्जा मन्त्रालयमा के भइरहेको छ ?, दूधकोशी जलविद्युत आयोजनाका सीईओलाई कारबाही गरिएको हो कि निष्कासन ?
जलसरोकार
काठमाडौं : प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा के भइरहेको छ भनेर सोधेका छन् ।
सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद पौडेलले ‘काहीँ नभएको जात्रा हाँडीगाउँमा भने जस्तो ऊर्जा मन्त्रालयमा के भइरहेको छ ?’ प्रश्न गरे ।
दूधकोशी जलविद्युत आयोजनाका सीईओ विमल गुरुङलाई कारबाही गरिएको हो कि निष्कासन के गरेको हो भनेर उनले सोधे । ऊर्जा मन्त्रीको आलोचना गरेको कारण जिम्मेवारीबाट हटाएको भनेर पत्र सार्वजनिक भएको उनले बताए ।
‘विद्युत नियमन आयोगले महसुल नतिर्नेहरूको लाइन काट्ने हो कि तिर्नेहरूको लाइन काट्ने हो ?’ पौडेलको अर्को प्रश्न छ । जसले महसुल तिर्दैन उसैको लाइन नकाट्न भनेर नियमन आयोगले निर्देशन दिएको भन्दै उनले यस्तो निर्देशन किन गरियो भनेर पनि जिज्ञासा राखेका छन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आजै हटाइन्छ, भोलि नै हटाइन्छ भनेर सरकारमा बसेकाहरूले नै हल्ला चलाउने र काम गर्न नदिने अवस्था बनाएको उनले दावी गरे । ‘कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका हटाइन्छ, भोलि हटाइन्छ, पर्सि हटाइन्छ भनेर हल्ला गरेको सुनिन्छ,’ उनले भने ।
सांसद पौडेलले अन्धकारमा रहेको मुलुकलाई उज्यालो दिलाएर कुलमानले के गल्ती गरे ? भन्दै प्रश्न गरेका थिए । ‘उज्यालो नेपाल बनाएर के गल्ती गरे ? घाटामा गएको नेपाल विद्युत प्राधिकरणलाई नाफामा लगेर के गल्ती गरे ? मुलुकलाई लोडसेडिङ मुक्त गराएर के गल्ती गरे ? भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गराएर के गल्ती गरे कुलमानले ?’ पौडेलका प्रश्न छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना