अविरल वर्षापछि देशभरका प्रमुख सडक अवरुद्ध, सवारी आवागमन प्रभावित
जलसरोकार
काठमाडौँ: अविरल वर्षाका कारण मुलुकका विभिन्न राजमार्गमा क्षति पुगेको छ र सवारी आवागमन व्यापक रूपमा प्रभावित भएको छ । मौसम क्रमशः खुल्दै गए पनि धेरै सडकखण्डमा पहिरो, बाढी र सडक भासिएको कारण आवागमन रोकिएको छ ।
पृथ्वी लोकमार्गको जवाङखोला सडक माथिबाट पहिरो खस्दा पूर्णरूपमा बन्द भएको छ । जोखिमका कारण सरकारले लामो दूरीका सवारीसाधन र रातको समयमा आवागमन असोज २० गतेसम्म रोक्ने निर्णय गरेको थियो। आज मौसम खुले पनि बाढीपहिरोले अवरुद्ध नभएका सडकमा सवारीसाधन संचालन खोल्न पहल भइरहेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँको चन्द्रागिरि नगरपालिकाबाट धादिङ र मकवानपुर हुँदै बाहिरिने नागढुङ्गा–गोदाम–टखेल सडक दुवै तर्फका सवारीसाधन रोकिएका छन् ।
नारायणगढ–मुग्लिङ सडक खण्डमा चितवनको नाम्चेखोला र तुइनखोलामा माथिबाट पहिरो खस्दा बाटो एकतर्फी अवरुद्ध भएको छ ।
काभ्रे–अरनिको राजमार्ग धुलिखेलदेखि दोलालघाट र सिन्धुपाल्चोकसम्म दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि रोकिने अवस्था छ ।
रसुवागढी नाका, घट्टेखोला, बालुवाखानी र तातोपानीस्थित पासाङल्हामु सडक खण्डमा बाढी र सुक्खा पहिरोले सडक अवरुद्ध । सङ्खुवासभा, खाँदबारीदेखि किमाथाङ्का तथा थुमसुर जाने कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध।
अरनिको राजमार्ग चारकिलोस्थित सडक भासिएर अवरुद्ध । ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मकवानपुरको महालक्ष्मी खोलास्थित फाखेल–काठमाडौँ सडक, कान्तिलोकपथ र कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ सडक दुईतर्फी अवरुद्ध ।
सिन्धुलीको सिन्दुरे–दोभान र धनकुटाको साँगुरीगढी–कोशी लोकमार्गमा पहिरो गएर तीन ठाउँमा बाटो अवरुद्ध । प्रहरी र स्थानीय प्रशासनले जोखिमयुक्त सडक खण्डमा यात्रुहरुलाई सचेत रहन अनुरोध गर्दै अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स