महाकाली नदीको जलस्तर खतराजनक स्तरमा, ४५ घर डुबान
जलसरोकार
कञ्चनपुर: आइतबार रातिदेखिको अविरल वर्षाले कञ्चनपुरका विभिन्न क्षेत्रमा बाढी डुबान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका बस्तीमा नदी पस्दा ४५ घर डुबानमा परेका छन् ।
दोधारा चाँदनी–८ को रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेका छन् । त्यहाँका करिब ७० जना बासस्थान गुमाएर नजिकैको विद्यालयमा आश्रय लिन बाध्य भएका छन् ।
त्यसैगरी, दोधारा चाँदनी–३ स्थित पटराखल्लामा १५ घर डुबानमा परेका छन् भने भीमदत्त–११ भुजेलामा पाँच घर डुबानमा परेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार प्रभावित परिवारका करिब ५५ जनालाई जमुना आधारभूत विद्यालयमा सुरक्षित स्थानमा सारिएको छ । चौपाया र सरसामान पनि उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ ।
महाकालीमा जलस्तर बढ्यो
वर्षासँगै महाकाली नदीको जलस्तर खतराजनक स्तरमा पुगेको छ । अहिले नदीमा पानीको बहाव एक लाख ४० हजार २५० क्युसेक नापिएको प्रहरीले जनाएको छ ।
नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले शारदा ब्यारेजमार्फत हुने चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनको आवागमन रोक्ने गरेकोमा अहिले यातायात आवागमन पूर्णरूपमा बन्द गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा