नोक्सानीमा रहेको दोर्दीखोला हाइड्रोपावरले ऋण तिर्न हकप्रद सेयर ल्याउँदै
जलसरोकार
काठमाडौं: कमजोर वित्तीय स्थिति रहेको दोर्दीखोला हाइड्रोपावर कम्पनीले चैत १९ देखि शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ छ । हकप्रद निष्कासनबाट त्यति नै पैसा संकलन गर्दैछ । सो पैसा दीर्घकालीन ऋण तिर्न प्रयोग गर्ने कम्पनीले जनाएको छ ।
विभिन्न बैंकमा १ अर्ब ७४ करोड रुपैयाँ ऋण रहेको कम्पनीले जनाएको छ । हकप्रद निष्कासनको रकमबाट पनि पूरै ऋण चुक्ता हुँदैन । फागुन १४ गतेसम्म कायम सेयरधनीले अनलाइन प्रणाली मेरोसेयरमार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
पुस मसान्तसम्म यो कम्पनी ८० लाख ७० हजार रुपैयाँ खुद नोक्सानीमा छ । हाल प्रतिसेयर नेटवर्थ १ सयभन्दा पनि कम अर्थात् जम्मा ८५ रुपैयाँ ५३ पैसा छ भने वार्षिक प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसा ऋणात्मक छ ।
यस्तो कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति पाएर शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव