नोक्सानीमा रहेको दोर्दीखोला हाइड्रोपावरले ऋण तिर्न हकप्रद सेयर ल्याउँदै
जलसरोकार
काठमाडौं: कमजोर वित्तीय स्थिति रहेको दोर्दीखोला हाइड्रोपावर कम्पनीले चैत १९ देखि शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ छ । हकप्रद निष्कासनबाट त्यति नै पैसा संकलन गर्दैछ । सो पैसा दीर्घकालीन ऋण तिर्न प्रयोग गर्ने कम्पनीले जनाएको छ ।
विभिन्न बैंकमा १ अर्ब ७४ करोड रुपैयाँ ऋण रहेको कम्पनीले जनाएको छ । हकप्रद निष्कासनको रकमबाट पनि पूरै ऋण चुक्ता हुँदैन । फागुन १४ गतेसम्म कायम सेयरधनीले अनलाइन प्रणाली मेरोसेयरमार्फत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
पुस मसान्तसम्म यो कम्पनी ८० लाख ७० हजार रुपैयाँ खुद नोक्सानीमा छ । हाल प्रतिसेयर नेटवर्थ १ सयभन्दा पनि कम अर्थात् जम्मा ८५ रुपैयाँ ५३ पैसा छ भने वार्षिक प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसा ऋणात्मक छ ।
यस्तो कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति पाएर शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य