काठमाडौँ उपत्यकामा जनजीवन सामान्यतर्फ, निषेधाज्ञा र कफ्र्यू खुकुलो
जलसरोकार
काठमाडौँ: काठमाडौँ उपत्यकासहित देशभर जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । अन्य सुरक्षा निकायसँगको समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि जनजीवन सहज बन्दै गएको हो ।
आन्दोलनरत जेनजी पुस्ताका प्रतिनिधिहरू वार्ताका लागि प्रतिनिधि छनोट गर्ने तयारीमा रहेका छन् भने विभिन्न सङ्घ–सङ्गठनहरूले समस्याको समाधानका लागि आह्वान गरिरहेका छन् । जेनजीका प्रतिनिधिहरू सडक सरसफाइमा खटिएका छन् भने आगजनी भएका कार्यालयका कर्मचारीहरू कागजात सङ्कलन, संरचना व्यवस्थापन तथा पुनःनिर्माणमा सक्रिय भएका छन् ।
नेपाली सेनाले निषेधाज्ञा र कफ्र्यूलाई क्रमबद्ध रूपमा खुकुलो बनाउँदै निरन्तरता दिइरहेको छ । आज बिहान ६ देखि ९ बजेसम्म आवतजावत र खाद्यान्न खरिदका लागि सहज बनाइएको थियो भने आज साँझ ५ देखि ७ बजेसम्म पनि सर्वसाधारणलाई बाहिर निस्कन अनुमति दिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
महानिर्देशनालयका अनुसार निषेधाज्ञा भदौ २६ गते बिहान १० देखि बेलुकी ५ बजेसम्म लागू हुनेछ । कफ्र्यू भने भदौ २६ गते बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्मका लागि जारी गरिएको छ ।
अत्यावश्यक सेवाका एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी साधन भने सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कर्मचारीले परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न पाउनेछन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्ने व्यवस्था गरिएको सेनाले स्पष्ट गरेको छ ।
उपत्यकामा आवश्यक सहायताका लागि नजिकैका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न पनि सेनाले आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको समीक्षा : पर्यटन, जलविद्युत् र विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्र उज्यालोतर्फ
-
मौद्रिक नीतिको समीक्षा: खर्च ३६४ अर्ब, राजस्व २४९ अर्ब; ऋण परिचालन १०६ अर्ब
-
नेपाल लाइफ इन्स्योरेन्सद्वारा पुनर्निर्माण कोषलाई १ करोड ५० लाख सहयोग
-
शेयर बजारमा फेरि दबाब: सुस्त कारोबारसँगै नेप्से झर्यो
-
मुद्रास्फीति नियन्त्रणदेखि विदेशी मुद्रा सञ्चिति मजबुत
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन पूर्व-पश्चिम एशियन राजमार्गको निरीक्षण