तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज
जलसरोकार
काठमाडौं,: नेपाल राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेको छ ।
विप्रेषण नियमावलीअनुसार तीन कम्पनीको लाइसेन्स खारेज हुने देखिएकाले कार्यान्वयन गरिएको राष्ट्र बैंकले औंल्याएको छ । यसरी लाइसेन्स खारेज हुने रेमिट्यान्स कम्पनीमा नमस्ते रेमिट इन्टरनेसनल प्रालि (नयाँ बानेश्वर), मोडर्न रेमिट्यान्स प्रालि (कमलपोखरी), भाटभटेनी मनी ट्रान्सफर (कान्तिपथ) छन् ।
यदि यी कम्पनीसँग कारोबारका क्रममा कुनै रेमिट्यान्स रकम बाँकी रहेको भएमा ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकारी गराउन व्यक्ति वा संघसंस्थालाई राष्ट्र बैंकले आग्रह गरेको छ ।
तोकिएको म्यादभित्र लिखित जानकारी नआएमा ती रेमिट्यान्स कम्पनीको बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
उपत्यकाको विद्युत् आपूर्ति बलियो बनाउँदै मातातीर्थ–चोभार १३२ केभी लाइन, निर्माण सकियाे
-
अर्थमन्त्री डा. वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता व्यवस्थित गरिँदै
-
नेप्सेमा पहिरो कायमै, २० अंकले घटेर २५६६ विन्दुमा झर्यो
-
बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस् : ऊर्जामन्त्री श्रेष्ठ
-
तनहुँ जलविद्युत्काे २२० केभी प्रसारण लाइन निर्माण ८२ प्रतिशत पूरा