थरुहट आन्दोलनका अगुवा नेताहरू उज्यालो नेपाल पार्टीमा प्रवेश
जलसरोकार
काठमाडौं : थारु समुदायको हक-अधिकार, पहिचान र मुक्तिका लागि दशकौँदेखि संघर्ष गर्दै आएका थरुहट आन्दोलनका अगुवा नेताहरू औपचारिक रूपमा उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्।
थरुहट थारुवान मुक्ति मोर्चा तथा विभिन्न थारु घटकमा सक्रिय रहेका नेपाली कांग्रेस बर्दिया, राजापुर नगरपालिकाका सचिव सीताराम चौधरी, थारुवान राष्ट्रिय युवा शक्ति का संयोजक सुरेन्द्र चौधरीलगायत ५५ जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरूले विभिन्न राजनीतिक दल परित्याग गरी उज्यालो नेपाल पार्टीको सदस्यता ग्रहण गरेका हुन्।
बरघर थारु रेस्टुरेन्ट, बौद्ध टुसालमा आयोजित कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सीताराम चौधरीले भने, 'थारु समुदायले दशकौँदेखि भोग्दै आएको पीडा, विभेद र अधिकारको सवाल अझै पनि पूरा रूपमा सम्बोधन हुन सकेको छैन। थरुहट आन्दोलन केवल नारामा सीमित विषय होइन, यो न्याय, पहिचान र सम्मानको लडाइँ हो। यही लडाइँलाई अब नयाँ राजनीतिक दिशाबाट अघि बढाउनुपर्ने आवश्यकता देखेर हामी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका हौँ।
उनले थप भने, 'अध्यक्ष कुलमान घिसिङले देखाउनुभएको इमानदार नेतृत्व, परिवर्तनप्रतिको दृढ प्रतिबद्धता र जनतामुखी दृष्टिकोणले हामीलाई भरोसा दिलाएको छ। उत्पीडित, उपेक्षित र सीमान्तकृत समुदायको आवाज बुलन्द गर्न उज्यालो नेपाल पार्टी उपयुक्त राजनीतिक मंच बन्न सक्छ भन्ने विश्वास छ।
कार्यक्रममा बोल्दै अध्यक्ष कुलमान घिसिङले थारु समुदायको ऐतिहासिक संघर्षको सम्मान गर्दै सामाजिक न्याय, समावेशी लोकतन्त्र र समान अवसर सुनिश्चित गर्नु नै पार्टीको मूल एजेन्डा भएको बताए। उनले नवप्रवेशी नेता तथा कार्यकर्ताहरूको अनुभव र संघर्षले पार्टीलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
नवप्रवेशी नेताहरूले थरुहट आन्दोलनका मूल भावना, पहिचान, अधिकार र स्वाभिमान लाई उज्यालो नेपाल पार्टीमार्फत सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। उनीहरूले पार्टीले उठाएको सुशासन,सामाजिक न्याय र समृद्धि को एजेन्डाले आफूहरूलाई आकर्षित गरेको बताएका छन्।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लगातार चौथो दिन पनि घटेर बन्द भयाे नेप्से
-
पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा, वर्ल्डलिंकले सुरु गर्यो भुक्तानी
-
पञ्चेश्वरमा सहमतिको संकेत, नेपालले भारतसमक्ष ३०:७० लागत बाँडफाँट प्रस्ताव गर्ने
-
विद्युत् महसुल पुनरावलोकन गर्दै प्राधिकरण, नयाँ दर प्रस्तावका लागि १५ दिने समिति गठन
-
रसुवागढीका नयाँ सीइओका १० प्रमुख चुनौती
-
रसुवागढी जलविद्युत् सञ्चित घाटामा, नोक्सानी बढेर ८१ करोड रुपैयाँ नाघ्यो