पृथ्वी राजमार्गकाे कृष्णभिरसहित सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध
जलसरोकार
काठमाडौं : अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङका विभिन्न सात स्थानमा पहिरो खसेपछि सडक यातायात प्रभावित भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं डीएसपी प्रकाश दाहालका अनुसार राजमार्गका सात स्थानमध्ये दुई ठाउँमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने अन्य पाँच स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।
उनका अनुसार पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको हो ।
पहिरोका कारण कृष्णभिर र तिगराङ खोलामा सडक दुवैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको डीएसपी दाहालले जानकारी दिए । अन्य स्थानमा भने पहिरो पन्छाएर एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गराइएको छ ।
कृष्णभिरमा दुईवटा उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । तर, लगातार वर्षा भइरहेकाले अन्य स्थानमा पहिरो पन्छाउन समस्या भइरहेको छ । वर्षाका कारण माथिबाट निरन्तर पहिरो खसिरहेकाले सडक खुलाउन कठिनाइ भएको प्रहरीको भनाइ छ ।
पहिरोका कारण पृथ्वी राजमार्ग हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् । सडकमा पहिरो खस्ने क्रम नरोकिएकाले यात्रुलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
उपत्यका जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक सवारी काठमाडौंमै होल्ड
-
पृथ्वी राजमार्गकाे कृष्णभिरसहित सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध
-
विज्ञानलाई वित्तसँग जोड्दै एनएमबी बैंक र इसिमोड बीच सहकार्य
-
कुलेखानीमा बाढी जोखिम नियन्त्रणको तयारी, तल्लो तटीय क्षेत्रमा साइरन र एसएमएस अलर्ट
-
साताको अन्तिम कारोबार दिन नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम घट्यो