तुइन खोलाको पहिरो हटाउने कार्य ६० प्रतिशत सकियो, आज रातिसम्ममा सञ्चालनमा ल्याइने अनुमान
जलसरोकार
चितवन: मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलामा आएको पहिरो पन्छाउने कार्य तीव्र गतिमा भइरहेको छ । नारायणगढतर्फबाट १ एक्साभेटर र १ लोडर तथा मुग्लिनतर्फबाट २ लोडर र १ एक्साभेटरसहित दुवैतर्फ १÷१ ब्याक हो लोडर परिचालन गरिएको छ । तर कार्यक्षेत्र साँघुरो भएकाले एकैपटकमा पाँचवटा उपकरण मात्र प्रयोग गर्न सकिने अवस्था रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
नारायणगढतर्फको भागमा ठूला ढुंगाहरूका कारण कठिनाइ भएपनि उपकरणहरूले पूर्ण क्षमताका साथ काम गरिरहेका छन्। हालसम्म करिब ६० प्रतिशत पहिरो पन्छाउने कार्य सम्पन्न भएको छ ।
ढुंगाको मात्रा बढी हुनु, तिखा ढुंगाका कारण टायर पन्चर हुने तथा अपरेटर घाइते हुने जोखिमका कारण अपेक्षित प्रगति हुन नसकेकाले हेभी इक्विप्मेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट थप दुई जना अपरेटर समेत खटाइएको छ ।
अवरोध नआए निरन्तर काम गर्न सकिने खण्डमा आज रातिसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन सञ्चालनमा ल्याइने अनुमान गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स