पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
जलसरोकार
काठमाडौं: चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला नजिक पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । बिहीबारदेखि लगातार परिरहेको वर्षाका कारण शुक्रबार बिहान उक्त क्षेत्रमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार पहिरोका कारण सडकका दुबै तर्फका सवारीसाधन रोकिएका छन्। यात्रुहरू केही घण्टादेखि सडक खुल्ने प्रतीक्षामा छन् ।
“निरन्तर वर्षाले माटो कमजोर बनेर पहिरो खसेको हो,” डीएसपी खनालले बताए । “पहिरो पन्छाएर सडक सुचारु गर्न प्रहरी, सशस्त्र प्रहरी र सडक विभागका कर्मचारी परिचालन गरिएको छ ।”
सडक सुचारु गर्न डोजर सहितको मेसिनरी प्रयोग भइरहेको र मौसम अनुकूल भएमा आजै आवागमन खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । उक्त सडकखण्ड अवरुद्ध हुँदा काठमाडौं, पोखरा र तराईका विभिन्न क्षेत्रतर्फ गएका सवारीसाधन बीचमै रोकिएका छन्, जसका कारण यात्रुहरू प्रभावित भएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग