पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
जलसरोकार
लमजुङ: मध्यनेपाल नगरपालिका–१० अन्तर्गत पर्ने बिमिरे भञ्ज्याङमा बिहीबार बिहान सुक्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको उक्त खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालका अनुसार बिहानैदेखि निरन्तर रुपमा पहिरो खसिरहेकाले तत्काल सडक खुलाउन सक्ने अवस्था छैन । “पहिरो खस्ने क्रम रोकिएको छैन,” उनले भने, “स्थिति अझै अस्थिर रहेकाले मेसिन वा जनशक्ति परिचालन गर्न जोखिमपूर्ण छ ।”
सडक अबरुद्ध भएपछि पोखरा–बेँसीसहर आवतजावत गर्ने सवारीसाधनहरू काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्। वैकल्पिक मार्ग अपेक्षाकृत साँघुरो र असजिलो भएकाले सवारी सञ्चालनमा थप चुनौती देखिएको छ।
स्थानीय बासिन्दा तथा यात्रुहरू पहिरोका कारण लामो समयसम्म गन्तव्यमा पुग्न नसकेको गुनासो गर्दै वैकल्पिक मार्गमा समेत ट्राफिक व्यवस्थापनको माग गरिरहेका छन् । यता, प्रहरी र स्थानीय प्रशासनले पहिरो हटाउने प्रक्रिया जोखिम कम भएपछि मात्र सुरु गरिने जनाएको छ ।
प्रहरीले यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन, वैकल्पिक मार्ग प्रयोग गर्न तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।
बिमिरे भञ्ज्याङ पहिरोको जोखिममा पर्ने संवेदनशील क्षेत्रमा पर्छ भने यसअघि पनि यहाँ बारम्बार पहिरो खस्ने गरेको थियो। विशेषगरी वर्षायाममा सो क्षेत्र सधैं उच्च जोखिममा रहने गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स