पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
जलसरोकार
गुल्मी: लगातारको वर्षाले गुल्मीका दुई प्रमुख सडकखण्ड अवरुद्ध भएका छन् ।
कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खस्दा सडक पूर्ण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, सत्यवती गाउँपालिका–६ डहरे खोलामा आएको बाढीले रिडी–वामीटक्सार सडकखण्ड पनि आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी निरीक्षक भूपेन्द्र थापाले जानकारी दिए ।
यसअघि बिहीवार साँझ दुवै सडक एकतर्फी खुले पनि निरन्तरको वर्षासँगै पुनः अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले सडक सञ्चालनमा समस्या देखिएको र अवरुद्ध सडक खुलाउन उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी