पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
जलसरोकार
गुल्मी: लगातारको वर्षाले गुल्मीका दुई प्रमुख सडकखण्ड अवरुद्ध भएका छन् ।
कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खस्दा सडक पूर्ण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, सत्यवती गाउँपालिका–६ डहरे खोलामा आएको बाढीले रिडी–वामीटक्सार सडकखण्ड पनि आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी निरीक्षक भूपेन्द्र थापाले जानकारी दिए ।
यसअघि बिहीवार साँझ दुवै सडक एकतर्फी खुले पनि निरन्तरको वर्षासँगै पुनः अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले सडक सञ्चालनमा समस्या देखिएको र अवरुद्ध सडक खुलाउन उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स