कोहलपुर–सुर्खेत–दैलेख १३२ के.भी. प्रसारण लाइनका लागि जग्गा मुआब्जा दाबी प्रक्रिया सुरु
जलसरोकार
सुर्खेत : कोहलपुर–सुर्खेत–दैलेख १३२ के.भी. अन्तरदेशीय प्रसारण लाइन आयोजना अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ मा पर्ने जग्गाका सम्बन्धित मालिकहरूले मुआब्जा दाबी गर्न आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, सुर्खेतले जारी गरेको सार्वजनिक सूचना अनुसार, जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ र १० बमोजिम गत असोज ८ मा सूचना प्रकाशित गरिएको थियो। सोही ऐनको दफा १३ बमोजिम गठन भएको मुआब्जा रकम निर्धारण समितिले मिति कात्तिक २७ मा उक्त जग्गाको मुआब्जा रकम तोकेको छ ।
सूचनामा उल्लेख छ कि सम्बन्धित जग्गाधनीहरूले आफ्नो हकदावी वा भोगचलन सम्बन्धित निस्सा प्रमाणसहित रितपूर्वक निवेदन नेपाल विद्युत प्राधिकरणको कोहलपुर–सुर्खेत–दैलेख १३२ के.भी. प्रसारण लाइन आयोजनामा पेश गर्नुपर्नेछ ।
जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ को प्रयोजनार्थ प्रकाशित यस सूचनाले स्थलमा पर्ने घर, पर्खाल, टहरा, बालीनाली, रुखबिरुवा तथा अन्य संरचनासहितको मुआब्जा दाबीको कानुनी प्रक्रिया अघि बढाउन भूमिका खेल्नेछ।
आयोजना सुचारु रहँदा स्थानीय स्तरमा मार्गाधिकारभित्र पर्ने जग्गाको मूल्याङ्कन, मुआब्जा वितरण तथा निर्माण कार्यमा ढिला नहोस् भनी प्रशासनले जग्गाधनीहरूलाई तोकिएको समयसीमाभित्र निवेदन पेश गर्न आग्रह गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य