भुमही–हकुई १३२ केभी प्रसारण लाइनका लागि जग्गाको मुआब्जा रकम निर्धारण, जग्गाधनीलाई दाबी गर्न सूचना
जलसरोकार
नवलपरासी : नेपाल विद्युत प्राधिकरणको निर्माणाधीन भुमही–हकुई १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत टावर प्याड निर्माणका लागि अधिग्रहण गरिएका जग्गाको मुआब्जा रकम निर्धारण भएको छ ।
जिल्ला प्रशासन कार्यालय, नवलपरासीले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९, १० र १३ बमोजिम गठित मुआब्जा निर्धारण समितिको मिति २०८२ माघ २० गतेको निर्णयअनुसार मुआब्जा तोकिएको जानकारी दिएको छ । यस सम्बन्धी सूचना माघ २२ गते (आज) प्रकाशित गरिएको हो
उक्त सूचनाअनुसार सुनवल नगरपालिका र रामग्राम नगरपालिकाका विभिन्न वडामा पर्ने जग्गा अधिग्रहणमा परेको छ । टावर नम्बरअनुसार अधिग्रहण क्षेत्रफल र प्रति कठ्ठा मुआब्जा दर फरक–फरक तोकिएको छ । केही स्थानमा प्रति कठ्ठा रु. ३ लाख ७६ हजारदेखि रु. १८ लाख ९२ हजार सम्म मुआब्जा दर निर्धारण गरिएको सूचनामा उल्लेख छ
सम्बन्धित जग्गाधनीले आफ्नो हकदैया वा भोगचलनसम्बन्धी प्रमाण (जग्गाधनी प्रमाणपूर्जा सक्कल, नागरिकताको प्रतिलिपि, तिरो तिरेको रसिदलगायत) सहित रितपूर्वकको निवेदन परियोजनाको कार्यालयमा पेश गरी मुआब्जा दाबी गर्न सक्नेछन् । दाबी सुनवल–७ चारपाला स्थित १३२ केभी सबस्टेसनमा रहेको आयोजनाको कार्यालयमा पेश गर्नुपर्नेछ
सूचनामा प्रकाशित विवरणप्रति चित्त नबुझ्ने व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नेपाल सरकार, गृह मन्त्रालयमा उजुरी दिन सक्ने व्यवस्था रहेको पनि जनाइएको छ




लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बा : त्रिशूली–३ ए जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार