सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

धादिङ–नुवाकोट २२० केभी प्रसारण लाइनका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो

जलसरोकार
शुक्रबार, पुस २५, २०८२ | ०९:३०:५४ बजे

 

काठमाडौं : धादिङ र नुवाकोट जिल्लामा विद्युत सेवा भरपर्दो र गुणस्तरीय बनाउन २२० केभी क्षमताको त्रिशुली–३ बी रातमाटे–गल्छी प्रसारण लाइन निर्माणका लागि आवश्यक जग्गा स्थायी रूपमा अधिग्रहण गर्ने प्रक्रिया सुरु गरिएको छ । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा आयोजना अघि बढाइएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना प्रकाशित गर्दै टावर निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न लागिएको जानकारी गराएको छ । जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९, १० र ११ बमोजिम सम्बन्धित सरोकारवालालाई मुआब्जा दाबी गर्न आह्वान गरिएको छ ।

सूचना पहिलो पटक प्रकाशित भएको मितिले १५ दिनभित्र जग्गाधनी वा भोगचलनकर्ताले आफ्नो हकभोग पुष्टि हुने प्रमाणसहित रु १० को टिकट टाँसी सम्बन्धित आयोजनामा निवेदन दिनुपर्ने जनाइएको छ । साथै, अधिग्रहण गर्न नपर्ने कुनै वैधानिक आधार भए त्यसको विवरणसहित तोकिएको म्यादभित्र निवेदन पेश गर्न सकिने व्यवस्था गरिएको छ ।

तोकेको म्यादभित्र निवेदन नपरेमा कानुन बमोजिम प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । निवेदन त्रिशुली–३ बी रातमाटे–गल्छी २२० केभी प्रसारण लाइन आयोजना, साइट कार्यालय बेलकोटगढी नगरपालिका–७, महादेवफाँट, रातमाटे नुवाकोटमा पेश गर्न सकिनेछ ।

प्रकाशित मिति : शुक्रबार, पुस २५, २०८२ | ०९:३०:५४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया