धादिङ–नुवाकोट २२० केभी प्रसारण लाइनका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्यो
जलसरोकार
काठमाडौं : धादिङ र नुवाकोट जिल्लामा विद्युत सेवा भरपर्दो र गुणस्तरीय बनाउन २२० केभी क्षमताको त्रिशुली–३ बी रातमाटे–गल्छी प्रसारण लाइन निर्माणका लागि आवश्यक जग्गा स्थायी रूपमा अधिग्रहण गर्ने प्रक्रिया सुरु गरिएको छ । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा आयोजना अघि बढाइएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना प्रकाशित गर्दै टावर निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण गर्न लागिएको जानकारी गराएको छ । जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९, १० र ११ बमोजिम सम्बन्धित सरोकारवालालाई मुआब्जा दाबी गर्न आह्वान गरिएको छ ।
सूचना पहिलो पटक प्रकाशित भएको मितिले १५ दिनभित्र जग्गाधनी वा भोगचलनकर्ताले आफ्नो हकभोग पुष्टि हुने प्रमाणसहित रु १० को टिकट टाँसी सम्बन्धित आयोजनामा निवेदन दिनुपर्ने जनाइएको छ । साथै, अधिग्रहण गर्न नपर्ने कुनै वैधानिक आधार भए त्यसको विवरणसहित तोकिएको म्यादभित्र निवेदन पेश गर्न सकिने व्यवस्था गरिएको छ ।
तोकेको म्यादभित्र निवेदन नपरेमा कानुन बमोजिम प्रक्रिया अघि बढाइने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । निवेदन त्रिशुली–३ बी रातमाटे–गल्छी २२० केभी प्रसारण लाइन आयोजना, साइट कार्यालय बेलकोटगढी नगरपालिका–७, महादेवफाँट, रातमाटे नुवाकोटमा पेश गर्न सकिनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य