सुक्दै शुक्लाफाँटा निकुञ्जका ताल
जलसरोकार
कञ्चनपुर: कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका प्राकृतिक तालहरू जलवायु परिवर्तन, जलकुम्भी र विभिन्न झारपातका कारण क्रमशः सुक्न र पुरिन थालेका छन् । वन्यजन्तुको महत्त्वपूर्ण पानीका स्रोत बन्दै आएका रानीताल, सिकारी ताल, बाबाताल, कालीताल, ताराताल र सालगौडी ताललगायतका ठूला तालहरू अहिले संरक्षणको चुनौतीमा छन् ।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लाका अनुसार निकुञ्जसँग हाल पुँजीगत बजेटका रूपमा जम्मा ३४ लाख रुपैयाँ मात्र उपलब्ध छ । सो रकम पर्यटन पदमार्ग निर्माण र अन्य पूर्वाधार विकासमै खर्च गर्नुपर्ने बाध्यता भएकाले ताल संरक्षणलाई प्राथमिकता दिन नसकिएको उनले बताए ।
शुक्लाफाँटा क्षेत्र जैविक विविधताले धनी मानिन्छ । स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यसमेत रहेको यो आरक्षमा असंख्य जीवजन्तु र वनस्पति पाइन्छन् । निकुञ्ज क्षेत्रमा प्राकृतिक तालसँगै ४० वटा कृत्रिम ताल पनि रहेका छन् । तर, सिमसार क्षेत्रलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न पर्याप्त बजेट विनियोजन अनिवार्य रहेको वाग्लेको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स