प्राधिकरणले पहिल्यै काटिसकेको बिलअनुसार असुल्ने, बक्यौता नतिरे १५ दिनपछि लाइन काट्ने
जलसरोकार
काठमाडौं,: नेपाल विद्युत् प्राधिकरणले नेपाल सरकार मन्त्रिपरिषद्ले गरेकाे निर्णयअनुसार पहिल्यै काटिसकेकाे बिल असुल्ने र १५ दिनभित्र बक्यौता नबुझाए पुन: लाइन काट्ने भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज प्राधिकरण मुख्यालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् र हिजो मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार पुरानै बिल असुल्ने र १५ दिनभित्र बक्यौता नबुझाए पुन: लाइन काट्ने जानकारी दिए ।
डेडिकेटेड र ट्रंक लाइन विवादमा प्राधिकरणले नेपाल सरकारकाे निर्णयलाई सम्मान गर्दै सरकारकै निर्णय पालना गर्ने बताए । ‘नेपाल सरकारले निर्देशन दिएको छ १५ दिनभित्र बक्यौता उठाउने र २४ घण्टाभित्र लाइन जाेड्ने,’ घिसिङले भने, ‘सरकारको निर्देशनबमोजिम बुझाउनुपर्ने उहाँहरु (उद्योगी) बुझाउनुपर्नेछ अन्यथा विद्युत् ऐन, २०४९ विद्युत् प्राधिकरण ऐन, २०४१, विद्युत् महसुल संकलन विनियावलीअनुसार हामी लाइन काट्छौं ।’
‘त्यही बिल ठीक छ भनेर अदालत, संसद्को लेखा समिति तथा विद्युत् नियमन आयोग लगायतले भनेका छन् । ठीक छैन भनेर अदालतमा हालेका मुद्दा खारेज भएको छ,’ उनले भने, ‘हालै मात्रै हिमाल आइरनको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिसो अत्यधिक बढेसँगै विद्युत् उत्पादनमा भारी कटौती
-
काबेली-३ जलविद्युत आयोजना अन्तिम चरणमा, चैतको सुरुवातमै विद्युत उत्पादनको लक्ष्य
-
सेयर बजार २६ सयभन्दा तल झर्यो, कारोबार रकम भने केही बढ्यो
-
काम अलपत्र पारे ठेक्का रद्द गरिने : मन्त्री घिसिङ
-
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
-
हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?