प्राधिकरणले पहिल्यै काटिसकेको बिलअनुसार असुल्ने, बक्यौता नतिरे १५ दिनपछि लाइन काट्ने
जलसरोकार
काठमाडौं,: नेपाल विद्युत् प्राधिकरणले नेपाल सरकार मन्त्रिपरिषद्ले गरेकाे निर्णयअनुसार पहिल्यै काटिसकेकाे बिल असुल्ने र १५ दिनभित्र बक्यौता नबुझाए पुन: लाइन काट्ने भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज प्राधिकरण मुख्यालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् र हिजो मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिको निर्णयअनुसार पुरानै बिल असुल्ने र १५ दिनभित्र बक्यौता नबुझाए पुन: लाइन काट्ने जानकारी दिए ।
डेडिकेटेड र ट्रंक लाइन विवादमा प्राधिकरणले नेपाल सरकारकाे निर्णयलाई सम्मान गर्दै सरकारकै निर्णय पालना गर्ने बताए । ‘नेपाल सरकारले निर्देशन दिएको छ १५ दिनभित्र बक्यौता उठाउने र २४ घण्टाभित्र लाइन जाेड्ने,’ घिसिङले भने, ‘सरकारको निर्देशनबमोजिम बुझाउनुपर्ने उहाँहरु (उद्योगी) बुझाउनुपर्नेछ अन्यथा विद्युत् ऐन, २०४९ विद्युत् प्राधिकरण ऐन, २०४१, विद्युत् महसुल संकलन विनियावलीअनुसार हामी लाइन काट्छौं ।’
‘त्यही बिल ठीक छ भनेर अदालत, संसद्को लेखा समिति तथा विद्युत् नियमन आयोग लगायतले भनेका छन् । ठीक छैन भनेर अदालतमा हालेका मुद्दा खारेज भएको छ,’ उनले भने, ‘हालै मात्रै हिमाल आइरनको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स